७० वर्षको उमेरमा पनी कसरी नियमित म’हि’नावा’री भई यी महिलाले जन्माइन् ब’च्चा ? यसरी सम्भव भयो सब कुरा… ?

भारतको गुजरातकी एक महिलाले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी छिन् । गुजरातको कुच जिल्लाकी ती महिलाले इन भिट्रो फर्टिलाइजेसन(आइभीएफ) विधिबाट ब’च्चालाई जन्म दिएकी हुन् ।

रापर तालुका भन्ने ठाउँँको मोरा गाउँ निवासी जिबुबेन बलाभाइ रबारी र उनका पति ७५ वर्षीय बल्जीभाइ रबारीले ४५ वर्षअघि बिहे गरेका थिए । बिहेपछि सन्तान नभएपछि उनीहरुले अनेकौँ उपचार गरे । कसै गरेपनि उनीहरुको सन्तान भएन । वृद्ध उमेरमा आएर उनीहरुले आइभीएफ विधिबाट सन्तान जन्माउने योजना डाक्टरलाई सुनाए ।

यो उमेरमा गर्भवती भएर जोखिम न’मो’ल्न डाक्टरहरुले जिबुबेनलाई सम्झाए । तर रबारी दम्पती सन्तानका लागि निकै लालायित थिए । उनीहरुले डाक्टरको सल्लाह मानेनन् । त्यसपछि चिकित्सकहरूले औषधि दिएर जिबुबेनको रोकिएको म’हिना’वा’री नियमित बनाए ।

रबारी दम्पतीको बच्चा जन्माउने कार्यमा संलग्न स्त्री रोग विशेषज्ञ डा.नरेश भानुशालीले भने–वृद्ध उमेरका कारण साँघुरिएको ग’र्भाश’यलाई हामीले फराकिलो बनाउने काम गर्‍यौँ । अनि अ’ण्ड निशेचन गराइ ब्लास्टोसिस्ट तयार गरी ग’र्भाशयमा राख्यौँ ।’ २ हप्तापछि सोनोग्राफी गरेर हेर्दा ७० वर्षीय जिबुबेनको ग’र्भाशयमा भ्रु’ण विकसित भएको पाइएको डा.भानुशालीले बताए ।

त्यसपछि डाक्टरहरुले नियम’ति निगरानी गरिरहे । उनमा कुनै समस्या देखिएन । वृद्ध अवस्थामा देखिएको उच्च र’क्तचापको समस्याका कारण चिकित्सकहरुले ८ महिनामै श’ल्यक्रि’या गरी बच्चा’लाई जन्म दिए । जिबुबेनले गत महिना पहिलो सन्तान जन्म दिएकी हुन् । बच्चा जन्मिएपछि आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको चिकित्सकले बताएका छन् । टाइम्स अफ इन्डियाबाट

प्रतिक्रिया दिनुहोस