आठौं राष्ट्रिय महाधिवेशनबाट आज विधान पारित हुँदै

काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट शनिबार विधान पारित हुँदैछ ।कमलादीको प्रज्ञा भवनमा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गको बन्दसत्रमा शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भएको थियो ।

नेता देवप्रसाद गुरुङले आज विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ दिनुभएपछि मस्यौदा पारित गर्ने कार्यसूची रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सुरेश रेग्मीले जानकारी दिनुभयो ।उहाँका अनुसार विधान मस्यौदा माथि उठेका जिज्ञासालाई कसरी समेटेर जवाफ दिने भन्ने विषयमा छलफल गर्न अहिले स्थायी समिति बैठक जारी रहेको छ ।

यद्यपि, विधान मस्यौदा पारित गर्नका लागि विहान ११ बजेबाट बन्दसत्र सुरु हुने उहाँले बताउनुभयो ।माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस