उपत्यकामै यस्तो भयो ! सामान किन्न गएकी महिलालाई पसलभित्रै करणी, साहुजी पक्राउ

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका ९, लुभुको चेतना चोकस्थित होलसेल पसल सञ्चालकलाई एउटी महिलालाई करणी गरेको आरोपमा प्रहरीले समातेको छ ।

३७ वर्षीय रमेश थापा मगरले ३२ वर्षीया महिलालाई करणी गरेको अभियोग लागेको हो । मगरले ती महिलालाई सामान किन्न आएको बेला पसलभित्र लगेर जबरजस्ती करणी गरेको बताइन्छ ।

महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

उपत्यकामा सुगरका कारोबारी छ्याप्छ्याप्ती – काठमाडौंको दुई स्थानबाट हिजो प्रहरीले ब्राउनसुगर र तिनका कारोबारीलाई पक्रेको छ । महानगरपालिका १६ स्थित एउटा होटलबाट २२ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर र १ थान डिजिटल तराजुसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बर्दियाको बारबर्दिया नगरपालिका ९, का ३२ वर्षीय राजकुमार धिताल र बढैयाताल गाउँपालिका ७ का २५ वर्षीय रमेश थारु हुन् ।

त्यसैगरी काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्कबाट १७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । धादिङ सिद्धलेक गाउँपालिका २ ठेगाना भएका २६ वर्षीय ईश्वर इटनीलाई प्रहरीले पक्राउ गरेको हो ।

उता झापाको बिर्तामोड नगरपालिका ९, ठेगाना भएका ३३ वर्षीय रञ्जित राजवंशीलाई पनि लागुपदार्ग कारोबार गरेको अभियोगमा झापाबाटै पक्राउ गरिएको छ । पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस