राजश्व नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकले बुझाए १४ करोड

काठमाडौं । नेपाल सरकारलाई रोयल्टी,नवीकरण दस्तूर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सन्चालककोतर्फबाट प्राइम बैंक जमानत बसेको छ ।

काठमाडौंको सांग्रिला र रुपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो संचालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट १४ करोड २० लाख रूपैयाँ बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ ।

क्यासिनो सन्चालन गरेवापतको रोयल्टी, जरिवाना र दुई वर्षको नवीकरण दस्तूरसहित १४ करोड २० रूपैयाँ नतिरी अमेरिका भाग्न लागेका क्यासिनो संचालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा अध्यागमनबाट रोकिएको थियो ।

रोयल्टी र नविकरण दस्तूर नतिरी नेपाल छाड्न नदिने भएपछि कम्पनीको तर्फबाट मंगलबार बैंक ग्यारेन्टी बुझाइएको छ । ग्यारेन्टी जनवरी १८ देखि जुलाई १६ सम्म रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस