प्रेमिकाको आमालाई मिर्गौला दिएर बचाए, उपचार सफल भएपछि युवतीले अर्कैसँग बिहे गरिन्

मेक्सिकोका एक युवामाथि प्रेमिकाले ठुलो घात गरेका छन्।द सनका अनुसार पेशाले शिक्षक रहेका मार्टिनेजले आफ्नी प्रेमिकाकी आमाको ज्यान बचाउन एउटा मिर्गौला दिए।

तर ती युवतीले भने अर्कै केटासँग विवाह गरिन्। खबरअनुसार आमाको अपरेसन भएको एक महिना पनि नबित्दै प्रेमिकाले उनलाई ब्रेकअप दिइन्।टिकटकमार्फत मार्टिनेजले आफ्नो कहानी बताउँदै अहिले प्रेमिकाको अर्कैसँग विवाह भएको उल्लेख गरेका छन्।उनी दुःखी हुँदै पोष्ट गरेको उक्त भिडिओमा धेरै मानिसहरुले उनीप्रति सहानुभूति जनाएका छन्।

यूएईमा भिजिट भिसामा काम गर्नेलाई ३ महिना जेल सहित ३ लाख रुपैयाँ जरिवाना हुने

एई- भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) मा आएका विदेशी नागरिकहरूले काम गर्न नपाइने भएको छ। अन्य देशबाट भिजिट भिसामा आएका विदेशी नागरिकहरूले काम गरेको भेटिएमा ३ महिना जेल र १० हजार दिराम अर्थात्(३ लाख रुपैयाँ) जरिबाना हुने भएको छ।

दुबई पब्लिक प्रोसिक्युसनलाई उद्धृत गर्दै गल्फ न्युजका अनुसार यूएईमा विदेशी नागरिकहरूले बिना ‘वर्क परमिट’ काम गर्ने पाउने छैनन्। बिना ‘वर्क परमिट’ काम गर्नु यहाँको श्रम कानुनको गम्भीर उल्लङ्घन हो।

यदि कामको अनुमति नलिई विदेशी नागरिकहरूले काम गरेको भेटिएमा ३ महिना जेल र १० हजार दिराम जरिवाना हुनेछ । यसबाहेक अदालतले देश निकालाको आदेश पनि दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस