पेरिसको उपनगरबाट १० पाकिस्तानी नागरिकलाई सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन र नक्कली कागजातको आशंकामा पक्राउ गरिएको छ। मिडिया रिपोर्टका अनुसार प्रहरीले पक्राउ परेका १० मध्ये दुई दाजुभाइले यो नेटवर्कलाई नियन्त्रण गरिरहेको आशंका गरीएको छ । सन् २०२० को जुन महिनामा पाकिस्तानबाट फ्रान्समा नक्कली युरोपेली कागजातहरू बोकेका संदिग्धहरू भएको जानकारी पाएपछि प्रहरीले नेटवर्कको बारेमा जानकारी पाएको थियो। स्रोतका अनुसार नक्कली कागजातहरूमा शेन्जेन क्षेत्रका देशहरूको आधिकारिक कागजातहरू र विशेष गरी फ्रान्सका राहदानी, परिचयपत्र र आवास अनुमतिहरू समावेश थिए।
यो प्रमाणलाइ पछ्याउँदै अनियमित अध्यागमनको दमन र अनडकुमेन्टेड विदेशीहरूको रोजगारीका लागि केन्द्रीय कार्यालयका अन्वेषकहरू र ओसीआरजीडीएफ (गम्भीर वित्तीय अपराधको दमनका लागि केन्द्रीय कार्यालय) ले पेरिस क्षेत्रमा कार्यरत गैरकानुनी कामदारहरूको बारेमा अनुसन्धान थालेका थिए। छानबिनको क्रममा फ्रान्सेली अधिकारीहरूले निर्माण व्यवसायमा संलग्न २० कानूनी कम्पनीहरू पनि पत्ता लगाए जुन “ट्याक्सी” कम्पनीहरूको ठूलो नेटवर्कसंग जोडिएका थिए। जसलाई नक्कली कागजहरू खोलेर खोलिएका झण्डै २०० बैंक खाताहरूमा रकम रिडिरेक्ट गर्न प्रयोग गरिएको थियो। यो सञ्जालले नक्कली इनभ्वाइस वा कागजातहरू प्रयोग गरी विभिन्न खाताहरूमा पैसा ट्रान्सफर गर्यो र त्यसपछि एटीएमहरू मार्फत यी बैंक खाताहरूबाट ठूलो रकम निकालेर कानूनी चक्रबाट बाहिर निस्क्यो। निकालिएको पैसाको केही हिस्सा यी निर्माण साइटहरूमा काम गर्ने गैरकानुनी पाकिस्तानीहरूलाई भुक्तान गर्न प्रयोग गरियो र बाँकी पाकिस्तानमा पठाइयो।
पेरिसको भ्याल-डिओइस र सेन-सेन्ट-डेनिस क्षेत्रका यी १० व्यक्तिको घर र कार्यालयमा खोजी गर्दा १ सय ५७ नक्कली परिचयपत्र, एक लाख ३४ हजार युरो नगद, मासेरातीसहित चारवटा सवारी साधन र १८० वटा कागजपत्र बरामद भएको छ । ती खाता खोल्नका लागि बैंक खाताहरू र नक्कली कागजातहरू प्रयोग गरिएको थियो। प्रहरीका अनुसार २०१९ देखि २०२१ सम्म विभिन्न व्यक्तिको बैंक खातामा कम्तिमा २८ मिलियन युरो र अर्को एक करोड ३० लाख युरो फ्रन्ट कम्पनीको नाममा खातामा ट्रान्सफर भएको स्रोतले जनाएको छ ।
यो मुद्दाले पाकिस्तानबाट अवैध आप्रवासी र मनी लान्ड्रिङबीचको घनिष्ठ सम्बन्धलाई उजागर गरेको छ।