आज कति छ नेपाली बजारमा सुनचाँदीको मूल्य ? पूरा पढ्नु होस

सुनको भाउमा नयाँ रेकर्ड : एकैदिन २२ सयले बढ्यो

काठमाडौं, २१ फागुन । सुनको भाउले आज (बुधबार) नयाँ रेकर्ड बनाएको छ । बुधबार एकै दिन तोलामा २२ सय रुपैयाँ बढेर सुनकाे भाउले नयाँ रेकर्ड कायम गरेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन ८० हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे छ भने तेजावी सुन ८० हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे छ ।

जबकि मंगलबार छापावाला सुन तोलामा ७८ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे । यस अघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार सुनकाे भाउ ७८ हजार रुपैयाँमा कारोबार भएकाे थियाे । आइतबार भने सुनकाे भाउ तोलामा १२ सय रुपैयाँ घटेको थियाे ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । सुनको भाउ आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर तोलाको अहिले सम्म कै महंगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महा संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस