भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!!

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिने छ । सन्तान सुख मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रेममा बाधाका साथै मन कमजोर रहने छ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक संकटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहने छ । महत्वपूर्ण अवसर गुम्न सक्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नयाँ कार्यको योजना बन्ने छ । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्ने छ । मनमा उत्साहका साथै बोली विक्ने समय छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्ने छ । स्वादिष्ट भोजन पाईने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)काम गर्ने जोश जाँगर र उमङ्ग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस