चैत्र १४ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल,पाथिभारा माताले सबैको रक्षा गरुन !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
सन्तानबाट सन्तोष प्राप्त हुनेछ । साथीहरू सित मनोरञ्जन गर्ने अवसर जुर्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । ब्यापारमा सफलता पाइएला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
नयाँ काममा हात हाल्ने समय छ । यात्राको अवसर पनि मिल्न सक्छ । धनको लाभ पनि होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान सम्मान र प्रतिष्ठा बढ्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा भने समस्या आउन सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ ।

मकर ( जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो )
सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला, होसियार रहनु होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
नयाँ काममा हात हाल्ने समय छ । साथै, धार्मिक र सामाजिक काममा समय बित्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला ।

प्रतिक्रिया दिनुहोस