सामाजिक सञ्जाल टिकटकले सयौं रोजगारी कटौती गर्दै

न्यूयोर्क— सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले आफ्नो विश्वव्यापी कार्यलयबाट सयौं कर्मचारीहरूलाई हटाइरहेको छ ।

टिकटकले मलेसियामा ठूलो संख्यामा कर्मचारीहरू कटौती गर्दै एआईको प्रयोगमा ध्यान केन्द्रित गरेको छ।

दुई स्रोतले रोयटर्सलाई दिएको जानकारी अनुसार टिकटकले मलेसियामा ७०० भन्दा बढी रोजगारी कटौती गरिएको थियो। चीनको बाइटडान्स को स्वामित्वमा रहेको टिकटकले भने ५०० भन्दा कम कर्मचारी कटौती गरेको बताएको थियो ।

कम्पनीको वेबसाइटका अनुसार बाइटडान्सका विश्वका २०० भन्दा बढी सहरहरूमा ११०,००० भन्दा बढी कर्मचारीहरू छन्।

प्रतिक्रिया दिनुहोस