पार्टीभित्रकै केही चिप्ले चोरहरूले मेरो बदनाम गरे : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाउनुभएको छ ।

पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाउनुभएको हो ।

उहाँले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरूलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा (एकीकृत समाजावदी)का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गर्नुभयो ।

मन्त्री आलेले पार्टीका केही नेताहरूले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाउनुभयो । आफू मन्त्री रहुन्जेल देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिवद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

‘मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रीमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो, मैले त्यही बेला भनेको थिएँ, हामीले त आठ महिना खान पायौं,’ मन्त्री आलेले भन्नुभयो, ‘दुई महिना त ग्रेसपार्क पाइसक्यो, अरु साथीहरूलाई मौका दिने तपाईंको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो, तर हाम्रै पार्टीका केही चिप्ले चोरहरू÷चिप्ले किराहरू आलेले धरै चलखेल ग¥यो भनेर इन्टरभ्यू दिइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस