मलाई सम्पत्तिको लोभ छैन, घर पनि दान दिइसकेँ : प्रधानमन्त्री ओली

श्याम रिमाल र प्रकाश सिलवाल (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले को;रोना भाइरस स’ङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रुप लिन नसक्ने बताउनुभएको छ। सरकारी सञ्चारमाध्यमलाई शनिबार (६ वैशाख) विशेष अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको, सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पु¥या इएको तथा सङ्क्रमित र सङ्क्रमण सम्भावितको खोजीखोजी आरडिटी र पिसिआर दुवै परीक्षणलाई तीव्रता दिइएकाले नेपालमा रोगले भयावह रुप लिन सक्ने अवस्था आफूले नदेखेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री निवासमा शनिबार साँझ सञ्चारकर्मीसँगको अन्तर्वार्तामा उहाँले भन्नुभयो, ‘नेपाल सरकारले मानवीय मूल्य र तिनको जीवन रक्षालाई पहिलो प्राथमिकता दिएको छ, यसमा हामी राजनीति गर्दैनौँ, अर्थतन्त्रको नाफाघाटा हेर्दैनौँ, नेपाली जनता, मानव र नाग रिक बचाउनेतिर मात्र हाम्रो ध्यान छ ।’ लक डाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा सङ्क्रमण कम भएकाले विश्वस्तरमै यस्तो उपाय अपनाइएको बताउँदै उहाँले प्रभावकारी योविधि अपनाइएको विषयलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोडिन नहुनेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्तेनिओ गुटेरेसले यसै विषयमा गरेको आग्रह तथा आगामी मे ५ (वैशाख २३)मा असंलग्न मुुलुकहरुको सङ्गठन (नाम)ले चाल्ने कदमको समर्थन गर्दै साझा शत्रुविरुद्ध एक हुन विश्व समुदायलाई आह्वान गर्नु भयो। को;रोना नियन्त्रणसँगै लक डाउन खुकुलो पारिने मात्र नभई अन्त्य गरिने स्पष्ट गर्दै उहाँले को;रोना अन्त्य सुनिश्चित हुनका लागि कडाइका साथ लागिने दृढता व्यक्त गर्नुभयो ।

‘विश्वमा करीब डेढ लाख मानिस बितेका छन्, बीसौँ लाख सङ्क्रमित छन्, शुक्रबार मात्र चार हजार मानिसको निधन भएको छ,यस्तो स्थिति हामी नेपालमा नआओस् भन्नाका लागि हाल कोरोना नियन्त्रणसँगै लकडाउन कायम नै गर्छाैँ’, उहाँले भन्नुभयो ।को;रोना वि’रुद्धको साझा ल’डाइँमा मन्त्रिपरिषद्, स्वास्थ्य मन्त्रालय, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, को;रोना क्राइसिस म्यानेजमेण्ट सेण्टर जस्तै सबै निकाय लगायत सबैको जिम्मेवारी र भूमिका उत्ति कै रहने बताउँदै उहाँले यसको अन्त्यमा लाग्ने सबै व्यक्ति र निकायलाई फुटबल प्रतियोगितामा सबैको उत्तिकै भूमिका हुने फुटबल खेलाडीसँग तुलना गर्नुभयो ।

को;रोना नियन्त्रण पछि नेपालले स्वास्थ्योपचार क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै त्यसका लागि हरेक जिल्लामा आवश्यक अस्पताल, शय्या, सघन उपचार कक्ष, आइलोशन वार्ड, पिपिई जस्ता स्वास्थ्य विषय आधार बनेको बताउनु भयो । दुई तिहाइ नजीकको जनादेश प्राप्त सरकार हुँदाहुँदै को’भिड–१९ को रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको खास अर्थ नरहेको जनाउँदै उहाँले आफूले सबै राजनीतिक दल, सङ्घसंस्था, राष्ट्रिय अन्तरराष्ट्रिय गैसस, नागरिक समाज, व्यक्ति र जनतासँग सह कार्य गर्नाका साथै बैठक, भेला गरी परामर्श गरेको एवं रायसुझाव लिएको र राम्रो सुझाव ग्रहण गर्ने गरेको जानकारी दिनुभयो ।

उहाँले अन्य देशमा पनि त्यस्तो संयन्त्र नबनेको जनाउँदै बनाउने नै भए आफ्नै अध्यक्षतामा सबै पक्ष राखी बनाउन सकिने विचार राख्नु भयो । एक प्रश्नको जवाफमा प्रधान मन्त्रीले आफूलाई सम्पत्तिको कुनै लोभ नभएको र आफ्नो घर पनि दानमा दिइएको बताउँदै परिवारका सम्पत्तिका रुपमा आफ्नो तलब र पत्नी राधिकाको निवृत्तिभरण मात्र रहेको जानकारी पनि दिनुभयो। ‘एकथरि कर्कश धुन मात्र निकालिरहने समूह’ले ललिता निवास र वाइड बडी प्रकरण पनि आफ्नै पालामा शुरु भएको भनी आरोप लगाउने गरेको दोषा रोपण गर्नुभयो ।

प्रधानमन्त्रीले ३८ केजी सुन प्रकरणमा हाल करीब ७३ जना कारागारमा रहेको र धेरैलाई मुद्दा लागेको बताउँदै २२–२४ जनालाई जिउँदै पोल्ने पनि सांसद भएर बसेकामा छानबिन भए पछि शासन सुव्यवस्था नभएको र भ्रष्टाचार भएको भनी आ’रोप लगाइएको भनी असन्तुष्टि व्यक्त गर्नुभयो । स्वास्थ्य सामग्री सम्बन्धी सम्झौता र रद्द गर्ने काम स्वास्थ्य मन्त्रालयको विभागका तर्फबाट हुने बताउँदै उहाँले त्यसमा प्रधानमन्त्री र मन्त्रि परिषद्लाई जोडेर प्रचार गरिनुलाई केही कर्कश धुनसँग तुलना गरी भन्नुभयो, ‘त्यो कुरा भ्रम सिर्जना गर्ने, जनता अल्मल्याउने र सरकारलाई असफल पार्ने मनशायबाट प्रेरित हुन् ।

स्वास्थ्य सामग्रीसम्बन्धी त्यो सम्झौता रद्दभयो, जमानत जफत भयो र कालोसूचीमा राखियो, अनियमितता गर्नेलाई कारवाही हुन्छ।’ को;रोना भाइरस वि’रुद्धका सरकारी पहल पर्याप्त नभएको गुनासो आएका सन्दर्भमा प्रधानमन्त्री ओलीले विचारहीन र पूर्वाग्रही ढङ्गले जेमा पनि वि’रोध र केही झुटो दु’ष्प्रचार गरिएको उल्लेख गर्दै भन्नु भयो, ‘अ’मर्यादित शैलीमा गरिने आरोपले आरोपकर्ताहरुको सांस्कृतिक स्तर देखाउँछ तर जनताको जीवन रक्षा गर्ने आफ्नो जिम्मेवारीमा सरकार पछि पर्दैन । यसमा सबैको साथ र समर्थन छ ।

एकाध मान्छेले कर्कश धूनमा आलोचना गर्नु त्यो उनीहरुको प्रवृत्ति हो ।’ लक डाउन लम्बिँदै जाँदा मजदूर, श्रमिक र अन्य बेरोजगारहरु काठमाडौँबाट गाउँ जान वा भारतबाट स्वदेश फर्कने क्रममा लामो पैदलयात्रा तय गर्नुपरेको कष्टपूर्ण तस्वीर देखिएका विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले कुनै ठाउँमा मान्छे अलपत्र परेमा पाइएमा सरकारलाई गालीको फे’हरिस्त भन्दा छिटो सूचनाका माध्यमबाट सरकारलाई सूचना दिन आग्रह गर्दै त्यस्तो स्थितिमा यात्रु र मजदूरहरु परेको थाहा पाएलगत्तै सरकारले बाटामा खाना खु वाउने र सुरक्षितरुपमा गन्तव्यमा पठाउने प्रबन्ध गरेको सुनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस्तो बेलामा सरकारलाई विरो’ध गर्न अस्त्रहरु तयार गरेर कसैले पनि खेल्नु हुँदैन । नेपालमा रोग या भोकले कोही मर्नु पर्दैन । यो देश भीख म’ङ्गाहरुको देश होइन । गरिखानेको देश हो । विशेष परिस्थिति भएकाले आम जनतालाई असुविधा भएको कुरा हामीले महसुस गरेका छौँ । पहिला त भाइरस रोगबाट जीवन बचाउनुपर्छ भनेर एकजुट भई लाग्नुपर्छ ।’ उहाँले आपूर्ति व्यवस्थाका उचित प्रबन्धका लागि खरीद केन्द्रहरु खडा गरिएको, मूल्यवृद्धि हुन नदिइएको र इन्डक्सन चुल्होको प्रयोगमा प्रोत्साहन गरिएको जनाउँदै मुलुकमा अनिकालको स्थिति नरहेको स्पष्ट गर्नुभयो ।

अखाद्य वस्तु बिक्री गर्नेलाई कारबाही गरिएको पनि उहाँले जनाउनु भयो । प्रधान मन्त्री ओलीले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा कायमै रहे पनि त्यसका प्राथमिकता र विकासका कार्य क्रममा प्रभाव पर्ने भएकाले सरकार अहिले मुलुकलाई कोरोनामुक्त बनाउन पहिलो प्राथमिकता दिएर अघि बढिरहेको बताउनुभयो। उहाँले भन्नुभयो ‘हामीले समृद्धिका लागि जुन रफ्तारका साथ काम गर्ने सोचेका थियौँ, त्यो गति धीमा त हुने नै भयो । आगामी दिनमा मजदूर, श्रमिक, किसान, उद्यमी, व्याव सायी सबैलाई बाँच्ने हिस्सा रहन्छ । अहिलेको संकटबाट पार्ने असरलाई विचार गरेर उपयुक्त नीति र कार्यक्रम ल्याइनेछ ।’

कोरोना भाइरसविरुद्ध एकजुट हुनुपर्ने बेलामा पार्टी र सरकारका बीचमा कुनै दूरी देखिएको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले आफूहरु एकजुट र एकताबद्ध रहेको जनाउँदै सरकार एउटै लय, ताल र लयमा अघि बढिरहेको स्पष्ट गर्नुभयो । केही व्यक्तिमा कुण्ठा, अन्योल र दिशाहीनताले सदावहार कराउने प्रवृत्ति भए पनि त्यसले पार्टीलाई नोक्सान नगरी सम्बन्धित व्यक्तिलाई नै नोक्सान गर्ने प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस