दुनियाँ हल्लाउने बलिउडका यी ४४ हिरोइन थाहा पाउनु होस ।

बलिउडको पहिलो हिरोइन सीता देवीदेखि अहिलेको चर्चित हिरोइन शर्लिन चोपडा, विद्या बालन र कट्रिना कैफसम्मले बलिउडलाई उत्कृष्ट राख्न सबै किसिमको मादक प्रस्तुति दिइसकेका छिन।

यी ४४ हिरोइन चर्चामा आउनुको कारण:

-सीता देवी
बलिउड चलचित्रमा पहिलोपटक अभिनेत्रीको रुपमा सीतादेवीले उत्तेजक दृश्य दिएर संसारलाई हल्लाएका थिए। उनले सन १९२९ मा चलचित्र ‘ए थ्रो ऑफ डाइस’मा पर्दामा चुम्बनको उत्तेजक दृश्य दिएर चर्चामा आएकी थिइन।

-देविका रानी
देविका रानीले सन १९३० मा बलिउडमा प्रवेश गरी काम शुरु गरे पनि त्यति बेलैदेखि उनी निकै आधुनिक शैलीमा हिँड्न मन पराउँथिन्। उनी सबैभन्दा धेरै समयसम्म चुम्बनको उत्तेजक दृश्य दिएर रेकर्ड नै कायम गरेकी थिइन्। उनले उक्त दृश्य आफ्नो श्रीमान हिमांशु रायसँग दिएकी थिइन्।

-स्मिता पाटिल
क्लासिक ब्यूटीको नामले चर्चित स्मिता पाटिल महिलाको हकको लागि धेरै सचेत रहन्थिन्। यसका साथै साथै उनी आधुनिक शैलीको रहनसहनबाट भने पछि हटिनन्। उनले फिल्मको पर्दामा र पर्दा शाहिर पनि निकै उत्तेजक दृश्य दिएर बलिउडमा सेक्स सिम्बोलमा नाम लेखाइन्।

-नादिया
नादिया सन १९३० देखि ४० को दशकमा बलिउड चलचित्रभरि छाइरहिन्। उनले आफ्नो व्यक्तिगत जीवनमा दुई जना पुरुषसँग विवाह गरेकी थिइन्।

-गीता बाली
गीता बाली आफ्नो चलचित्र अभिनयको दशकमा एक गीतबाट निकै चर्चित भएकी थिइन्। उनले ‘शोला जो भड़के, दिल मेरा धड़के’ नामक गीतमा बाइकमा भड्किलो दृश्य दिएर सबैको दिल धड्काइदिएकी दिइन। दर्शकहरुलाई उनले अभिनय गरेको चलचित्रहरुले निकै आकर्षित गरेको थियो।

-मधुबाला
मधुबाला आफ्नो दशकमा निकै सुन्दर अभिनेत्रीको रुपमा चर्चित थिइन्। उनी कयौँ पुरुष हिरोहरुको आर्षणको केन्द्र बनेकी थिइन्। उनको सुन्दरताले त्यबेलाको धेरै अभिनेताको मनलाई मोहित गरेको थियो। उनी आफ्नो कार्यकालमा टप कलाकार र सेक्स सिम्बोलमा निकै चर्चित रहिरहिन्।

-मीना कुमारी
ट्रेजडी क्विनको उपनामले चर्चित मीना कुमारी बलिवुडमा चिन्ने गरिन्छ। उनले दर्शकहरुलाई वियोगको अनुभूतिलाई नजिकबाट नियालेर दर्शको मनमुटुमा छाएकी थिइन्। तर उनी पनि बलिउडमा सेक्स सिम्बोलको नामले चिनिइन्।

-हेलेन
बलिउडमा हेलेनले क्याब्रे क्विनको नामले चर्चा कमाएकी थिइन्। उनले मोडेलको रोलमा खेल्ने नामले चिनिन्थिइन्। १९५० को दशकमा फिल्म निर्माताले हेलेनलाई मोडेलको रुपमा खेल्ने र आफ्नो फिल्मलाई हिट गराउने उद्देश्यका साथ फिल्ममा खेल्ने अवसर दिने गर्थे।

-वहिदा रहमान
वहिदा रहमान आफ्नो कार्यकालमा अरु हिरोइनभन्दा निकै चर्चित रहिन्। उनको सुन्दर बनावटले बलिउडका अभिनेता गुरूदत्त समेत मख्ख पर्थे। क्लासिक सुन्दरताकै कारण वहिदा रहमान फिल्म इन्डस्ट्रीमा सेक्स सिम्बलको श्रेणीमा परिन्।

-वैजयन्ती माला
वैजयन्ती माला बलिउडमा पहिलोपटक राष्ट्रिय स्तरको कलाकारको रुपमा चिनिएकी थिइन्। उनी झण्डै दुई दशकसम्मै प्रमुख नायिकाको रुपमा बलिउडमा काम गरिन् र चर्चित भइरहिन्। यसैकारण उनी पनि सेक्स सिम्बोलमा परिनभन्दा कुनै दुविधा नहोला।

-सुचित्रा सेन
सुचित्रा सेन बंगाली सिनेमामा निकै चर्चित नाम भए पनि बलिवुडमा पनि हंगामा मच्चाइदिइन्। उनलाई पनि दर्शकहरुले आफ्नो आँखामा बसाएका थिए। उनको अभिनय र सुन्दरताले बलिउड इन्डस्ट्रीले उनलाई सेक्स सिम्बलको लिस्टमा नाम राखिदिए।

-शर्मिला टैगोर
पटौदी खानदानकी बुहारी शर्मिला टैगोरले बलिउड फिल्ममा दिएको बिकिनी ड्रेसको दृश्यले त्यतिबेला सनसनी मच्चाइदिएको थियो। उनी आफ्नो कार्यकालमै बिकनी ड्रेसको पोज दिने मध्येकी चर्चित्। त्यत्तिबेला निकै कमले त्यस्तो दृश्य दिने गर्थे।

-हेमा मालिनी
बलिवुडमा ड्रिम गर्लको उपमा पाएकी निकै चर्चित नायिका हुन्, हेमा मालिनी। उनलाई पनि त्यतिबेलाको जमानामा सेक्स सिम्बलको रुपमा हेर्नुको मुख्य कारण नै उत्तेजक दृश्य दिएर धेरै अभिनेत्रीलाई पछाडि पार्नु थियो। त्यतिवेलाको चर्चित हिरोद्धय संजीव कुमार र धर्मेंद्र दुवैले हेमालाई प्रेमप्रस्ताव राखेका थिए। तर हेमा मालिनीले धर्मेन्द्रलाई छानेकी थिइन्।

–रेखा
रेखा बलिउडको फिल्म अभिनयको समयमा निक्कै चर्चित रहिन्। उनी त्यतिबेलाको कलाकारहरुमध्ये अब्बल थिइन्। उनी हेर्नमा पनि त्यतिकै सुन्दरी थिइन्। उनलाई बलिउडमा सक्कली सुन्दरीको नामले बोलाउने गरिन्थ्यो।

-डिम्पल कपाड़िया
समुन्द्रको तटमा बिकनी ड्रेसमा मादक जवानीको दृश्य दिने डिंपल कपाड़िया बलिउडमा निकै चर्चित रहिन्। उनले समुन्द्र किनारमा आफ्नो उत्तेजक प्रस्तुती दिएर सबैलाई आफ्नो वशमा पार्न सफल भएकी थिइन्। उनले राजेश खन्नासँग विवाह गरेकी थिइन्।

-जीनत अमान
सन १९७० देखि ८० को दशकमा सबैभन्दा बढी सेक्स सिम्बोलको रुपमा चर्चामा रहिन् उनी। किशोरी अवस्थामा पनि उनले पर्दा बाहिर र भित्र उत्तेजक दृश्यहरु दिएर बलिउडमा धमाका मच्चाएकी थिइन्।

-टीना मुनीम
टीना मुनीम बलिउडमा आउनु भन्दा पहिला मोडेलिङ गर्थिन। उनी सन १९७८ मा मिस बिकनीको अवार्डमा मिस फोटोजेनिकको उपाधि पाएपछि एकाएक चर्चित भएकी थिइन्। यसकारण उनी पनि बॉलीवुडको सेक्स सिंबलमा समावेश हुन पुगिन्।

–सोनम
सन् १९८८ मा सोनमले यश चोपड़ाको फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन्। तर उनले चलचित्र ‘त्रिदेव’ फिल्मको गीतबाट धेरै चर्चा र प्रसंशा बटुलेकी थिइन्।

-श्रीदेवी
बलिवुडको सेन्सेसनल नायिका श्रीदेवीले आफ्नो कार्यकालमा पुरुष अभिनेतालाई समेत पाखा लगाइ दिएकी थिइन्। उनी मिस्टर इन्डियाको गीतबाट निकै हिट भएकी थिइन्।

उनले त्यतिबेला लगाएको निलो रंगको सिफन सारीमा नाचेको दृश्यले सबै दर्शकको मनलाई मोहित गरेको थियो। त्यतिमात्र होइनले उनले नागिनको भूमिकामा पनि आफ्‍नो दमदार प्रस्तुति दिन सफल थिइन्।

-माधुरी दीक्षित
बलिवुड उद्योगमा धक-धक गर्लको नामले सुपरिचित नायिका हुन् माधुरी दीक्षित। उनको हाँसोले लाखौँ पुरुषलाई लोभ्याइदिन्थ्यो। यसकारण उनी बलिवुडकी सेक्स सिंबलमा् दरिइन्। उनको नाँचले सबैको आँखामा जादु चलाएको थियो। जब उनी स्टेजमा नाँच्‍न आउँथिन्, उसको अगाडि पैसाको थुप्रो ओइरिन्थ्यो ।

-मुनमुन सेन
मुनमुन सेन जसले पहिलो पटक नै फिल्म खेल्दा उत्तेजक दृश्य दिएर विवादमा परेकी थिइन्। उनले तडकभडक दृश्य दिएर बलिउडको माहोल नै तताइदिएकी थिइन्। यसै कारण उनी बलिवुडको ग्ल्‍यामर भनेर परिचित थिइन्।

-मन्दाकिनी
मन्दाकिनीले एउटै चलचित्रमा पुरै बलीउड इंडस्ट्री तथा सिनेमालाई आफ्नो वशमा पार्न सफल भएकी थिइन्। राज कपूर को ‘राम तेरी गंगा मैली’ फिल्ममा झरनामा दिएको उत्तेजक दृशले सबै दर्शकलाई आर्कषणको केन्द्रविन्दु बनेकी थिइन्।

-किमी कटकर
चुम्मा चुम्मा गर्ल किमी कटकर आफ्नो फिल्मी क्षेत्रमा निकै उत्तेजक रुपमा प्रस्तुत भएकै कारण लामो समयसम्म चर्चामा रही रहिन्।

-परवीन बोबी
परवीन बॉबीले बलिउडमा चर्चा त बटुलिन नै, तर त्यो भन्दा पनि महत्वपूर्ण त्यतिबेलाको टाइम्स म्यागेजिनको कभर पेजमा तस्विर छपाउन सफल भएकी थिइन्। यसका साथै उनको उत्कृष्ट अभिनय कला, लोभलाग्दो सुन्दरता र आर्कषक शरीरले सेक्स सिंबलको स्थान लिन सफल भएकी थिइन्।

-रती अग्‍निहोत्री
रति अग्निहोत्री सबैभन्दा धेरै सानदार र उत्तेजक दृश्य दिएर चर्चित थिइन्। कमल हासनको एक फिल्ममा उनले विपरीत तरिकाले गएर मादक दृश्य दिएकी थिइन्।

-ममता कुलकर्णी’
ममता कुलकर्णी पनि उत्तेजक दृश्य दिनेमा एक नम्बरमै रहेर सबैलाई पछि पारिन्। उनी स्टारडस्ट म्यागजिनमा कभर पेजमा टपलेस दृश्य दिएर चर्चित भएकी थिइन्। पछिल्लो समय उनी ड्रग्सको कारोबार गरेको आरोपमा पक्राउ परेकी थिइन्।

-पूजा भट्ट
बलिवुड उद्योगमा त्यतिबेलाका निर्देशक महेश भट्टकी छोरी पूजा भट्ट पनि मादक दृश्य दिनेको लिस्टमा पर्छिन्। उनले त झन आफ्नै बुवासँग दिएको चुम्बनको दृश्यले बलिउड तातेको थियो।

-रवीना टण्डन
मस्त मस्त गर्लको नामले चर्चामा कमाएकी नायिका रवीना टण्डन बलिउडमा धेरै दर्शकको मनमा बस्न सफल भएकी थिइन्। उनले बलिउडमा चर्चित फिल्म ‘दिलवाले’ लगायतका उत्कृष्ट फिल्ममा आफ्नो कला प्रस्तुत गरेकी थिइन्।

-अनु अग्रवाल
आशिकी सिनेमाबाट बलिउडमा डेब्यु गरेकी अनु अग्रवाललाई कसैले पनि राम्रो गर्लिन् भनेर पत्याएका थिएन। तर उनले जब फिल्म अंग प्रदर्शनको दृश्यहरु दिन थालिन्, सबैलाई जितेर एकाएक चर्चामा कमाइन्।

-पूजा बेदी
कामसूत्र गर्लको उपमा पाएकी नायिक पूजा बेदी कयौ फिल्ममा निकै मादक पोजहरु दिएकी थिइन्। उनी बलिउडमा काम गरिञ्जेल निकै चर्चित रहिरहिन्। उनले चलचित्र विषकन्या तथा ‘जो जीता वही सिकंदर’ जस्ता धेरै हिट फिल्मेमा आफननो मादक जवानी देखाएकी थिइन्। यही कारण उनी सेक्स सिम्बलको लिष्टमा परिन्।

-मनिषा कोइराला
ईलू ईलू गर्लको नामले चर्चिच नेपाली मूलकी नायिका मनीषा कोइरालाले एक छोटो लभ स्टोरीमा अभिनय गरेर चर्चा कमाएकी थिइन्। उनले उक्त स्टोरीमा एकदमै भडकिलो उत्तेजक दृश्य दिएर बलिउडमा बबाल नै मच्चाइ दिएकी थिइन्।

-उर्मिला मातोंडकर
रंगीला गर्ल उर्मिला मातोंडकरले पनि आफ्नो कार्यकालको पुरै एक दशक सबै नायिकालाई पछाडि पारेकी थिइन्। उनले दशककै चर्चित बोल्ड सिन दिएर सेक्स सिम्बलमा नाम लेखाइन्।

-सोनाली बेंद्रे
प्रीटी गर्ल सोनाली बेंद्रे बॉलीवुडमा प्रवेश गर्नुभन्दा पहिले एक सामान्य मोडेलको रुपमा थिइन्। तर बलिउडमा प्रवेश गरिन् तब उनले आफ्नो अभिनद्धारा सबैको होस उडाइदिइन्। उनले फिल्म सोनालीमा निकै मादक प्रस्तुती दिएर चर्चित भइन्।

-ऐश्वर्या राय
मिस वर्ल्डको उपाधि जितिसकेकी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको ख्याति उतिबेला भएको थियो जतिबेला उनको विवाह अभिनेता अभिषेक बच्चनसँग भएको थियो। तर पनि उनले फिल्ममा बिकनी देखि चुम्बनसम्मको दृश्य भने दिन छाडिनन्। यस कारण उनी पनि बलिवुडको सेक्स सिम्बलको खातामा नाम लेखाइन्।

-बिपाशा बसु
मोडेलबाट एकाएक नायिका बनेकी बंगाली नायिका विपसा बसुले आफ्नो कयौ फिल्ममा डिनो मोरिया, जोन अब्राहम तथा रनबीर कपूरसँग उत्तेजक दृश्य दर्शकलाई देखाइसकेकी थिइन्। उनीले प्राय अभिनेतसँग बोल्ड दृश्य दिएर बलीउडमा चर्चा र विवाद दुवै कमाएकी थिइन्।

-करिना कपूर
कपूर खानदानकी छोरी बेबोले पनि बलीउड उद्योगमा पाइला टेक्ने बितिक्कै आफ्नो बोल्ड दृश्य दर्शकसामु ल्याएकी थिइन्। करिनाले बेयर दृश्य देखि लिएर बिकिनी दृश्य समेत दिन कुनै कसर बाँकी राखिनन् तर जब पटौदी खानदानको बुहारी बनिन् अनि बिकनी दृश्यमा कम देखिन थालिन्।

-लारा दत्ता
मिस यूनिभर्स समेत भइसेकी भातरीय नायिका लारा दत्ता पनि बलीउडमा हंगामा मच्चाउने मध्ये बोल्ड नायिकामा पर्दछिन्। उनले जादुमयी शरीर र मोहक हाँसोले संसारलाई आफ्नो वशमा नचाइदिएकी थिइन्। यसैकारण उनी बलीउडमा आफ्नो फिल्म अवधीभर चर्चित रहिन्।

-चित्रांगदा सिंह
चित्रांगदा सिंह लीजेन्ड्री एक्ट्रेसको नामले चर्चामा रहिन् र स्मिता पाटिलसँग तुलना गर्दा उनीलाई कसैले पनि हतपत्त भुल्न सक्दैनन्। किनकी उनले दिएकी बोल्ड दृश्यले जस्तोसुकै सोझो पुरुषलाई पनि मात लाग्ने बनाइदिन्छ।

-शर्लिन चोपड़ा
प्राय: कामसुत्रको शुटिङमा व्यस्त रहने नायिका शर्लिन चोपडाले नाङ्गो सरहझैँ दृश्य दिएर बलिउडलाई समयसमयमा तताइरहन्छिन्। उनले विशेष गरी कामसुत्रको दृश्यलाई प्राथमिकतामा राखेर सबै दर्शकको मनलाई आफ्नो वशमा पार्छिन्।

-दीपिका पादुकोण
मोडलिङ र अभिनय दुवै एकै साथ गर्दै आएकी नायिका हुन दीपिका पादुकोण। उनले अहिले बलिउडमा निकै नै उत्तेजक दृश्य दिएर सबैको मनमुटुमा बस्न सफल भएकी छिन्। उनले भर्खरै अभिनय गरेकी फिल्म नशामा समेत न्युड दृश्य दिएर फिल्मलाई मसालेदार बनाएकी छिन्।

-मल्लिका शेरावत
मल्लिकाले अभिनयको यात्रालाई निरन्तरता दिन नसके पनि उनले गरेको अभिनयले पनि चर्चामा रह्न सफल भएकी छिन। उनले जति पनि फिल्म खेलेका छन्, सबैमा सेक्सी अवतारमा आफुलाई प्रस्तुत गरेकी छिन। यसैकारण उनी पनि बलीवुडको सेक्स सिम्बलमा आफ्नो नाम लेखाइन्।

-विद्या बालन
डर्टी पिक्चर मार्फत रातारात लोकप्रियता पाएकी नायिका विद्या बालन अहिले बलीउडमा आफ्नो नाम र काम दुवैले चर्चित भएकी छिन। उनले डर्टी पिक्चरमा दिएकी उत्तेजक दृश्य र हाउभाउले सबै नायिकालाई एक कदम पछाडी धकेलि दिएकी छिन। पछिल्लो समयम विद्या इन्डियन नायिकाहरुमध्ये सबैभन्दा उत्कृष्टको तक्मा बोकेर बलिउड बजारमा छाएकी छिन्। उनले अभिनय र बोल्ड दृश्यकै कारण बलीवुडको सेक्स सिम्बलमा स्वत: पर्छिन्।

-प्रियंका चोपड़ा
प्रियंका चोपड़ा बलीउड चलचित्रमा उद्योगमा खासै धेरै फिल्म नखेले पनि त्यो सुन्दरपन र मादक जवानीले सबैको ध्यान केन्द्रित गरेको छ। त्यसैले प्रियंका पनि बलीवुडको सेक्स सिम्बलमा परेकी छिन्।

-कैटरिना कैफ

फोर्ब्स पत्रिकामा दरिउकी तथा संसारमै सबैभन्दा सेक्सी महिलाको रुपमा स्विकारिएकी नायिका हुन् कैट्रिना कैफ। उनले पनि कैयौ चुम्बन गरेको दृश्य दिएर बलिउडमा आफ्नो धमाका मच्चाएकी छिन्। उनले शीलाकी जवानी को उत्तेजक दृश्य दिएर सबैको ध्यान आफूतिर खिचेकी छिन्। यसले कैट्रिनालाई पनि सेक्स सिंबलको ट्याग लगाइदिएको छ।

प्रतिक्रिया दिनुहोस