क्वेटाः पाकिस्तानको बलुचिस्तानमा बसोबास गर्ने बलुच समुदायको राष्ट्रिय भेलाको तयारी तीब्र गतिमा भइरहेको छ । उक्त भेला जुलाई २८ बाट सुरु हुनेछ ।
यो बलुचिस्तान र पाकिस्तानको विभिन्न भागमा बलुच समुदायमाथि भएको नरसंहार र बुलचिस्तानको प्राकृतिक स्रोतको पाकिस्तान र चीनद्वारा गरिएको शोषणको विरोध गर्ने उद्देश्यले यो भेला आयोजना गर्न लागिएको हो। प्रख्यात बलुच कार्यकर्ता र बलुच याकजेहती कमिटीका आयोजक महरांग बलोचले सामाजिक सञ्जालमा बलुचिस्तानमा चीन—पाकिस्तान आर्थिक करिडोर जस्ता मेगाप्रोजेक्टहरूले बलुचमाथि नरसंहार गरिरहेका छन् बताएकी छन् ।
‘बलोच राजी मुची (बलोच राष्ट्रिय भेला) ले बलुच नरसंहारको विरोध मात्र गर्दैन र बलुच राष्ट्रको अस्तित्वको वकालत मात्र गर्दैन तर ऐतिहासिक जनमत संग्रहको रूपमा पनि काम गर्नेछ। यो घटनाले बलूच प्रान्तले कुनै पनि परिस्थितिमा नरसंहार सहने छैन भनेर घोषणा गर्नेछ।’, उनले भनिन् ।
बलुच याकजेहती कमिटी कराँची शाखाले आगामी बलुच राष्ट्रिय भेलाको बारेमा सचेतना जगाउन फकीर कालोनीमा एक सभा आयोजना गरेको छ ।
‘बलुच जनताको एकता बलुच नरसंहारको अन्त्य गर्न प्रयाप्त छ। ग्वादरमा जुलाई २८ मा हाम्रो बलुची राजी मुचीमा सामेल हुन सबैलाई कमिटिले आह्वान पनि गरेको छ ।
बलोच समुदायले गत वर्ष तुर्बतदेखि इस्लामाबादसम्म एक विशाल लङ् मार्चको आयोजना गरिएको थियो ।