धार्मिक सहिष्णुताः भारतको चिल्कुर बालाजी मन्दिरका मुख्य पुजारी हैदराबादको मस्जिदमा पुगी गरे रक्तदान

 

हैदराबाद— चिल्कुर बालाजी मन्दिरका मुख्य पुजारी सीएस रंगराजन र मन्दिरका कर्मचारीहरू मिलद—उन—नबीको दिन हैदराबादको राजेन्द्रनगरस्थित मस्जिद—ए—मोहम्मद हुसेनमा आयोजित रक्तदान अभियानमा सामेल भए।

क्यान्सरपीडित बालबालिकाका लागि रगत जुटाउन आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी व्यक्तिहरुले विभिन्न धर्ममा साम्प्रदायिक सद्भाव र भाइचाराको भावना फैलाउने उद्देश्य रहेको बताए।

कार्यक्रम हेल्पिङ ह्यान्ड्स फाउन्डेसन, हैदरावादमा रहेको गैरसरकारी संस्थाले मुजताबा हसन अस्करीको नेतृत्वमा आयोजना गरेको थियो। संस्थाले एक्युट ल्युकेमिया वा ब्लड क्यान्सरबाट पीडित बालबालिकालाई मद्दत गर्न लकडीकापुलस्थित एमएनजे क्यान्सर अस्पतालसँग काम गरिरहेको छ।

नवाब मेहदी नवाज जंग (एमएनजे) को नाममा रहेको क्यान्सर अस्पतालले एक वर्षमा २५०० ठूला र ४००० साना शल्यक्रिया गर्दै आएको छ । गर्छ। अस्पतालमा बिरामीको उपचारका लागि दैनिक एक सय युनिट रगत आवश्यक पर्दछ ।

मन्दिरका मुख्य पुजारीले हेल्पिङ ह्यान्ड्स फाउन्डेसनले वर्षौंदेखि गरेको प्रयासको प्रशंसा गरे। मस्जिदमा रक्तदान अभियानमा सामेल हुदै उनले आफ्ना मुस्लिम दाजुभाइहरूको प्रयासको प्रशंसा गर्दै उनीहरूको रक्तदानले जीवन बचाउन ठूलो भूमिका खेल्ने बताए।

उस्मानिया विश्वविद्यालयका इन्जिनियरिङ सहपाठी मुजताबा हसन अस्करी र सीएस रंगराजनले रक्तदान अभियानको क्रममा भेट्दा उनीहरूको मित्रता र अतितका सम्झनालाई एकपटक पुनः सम्झे ।

प्रतिक्रिया दिनुहोस