बेइजिङः चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को क्षेत्रीय रणनीतिले एशियाको क्षेत्रीय सुरक्षामा महत्वपूर्ण प्रभाव पारेको छ।
दक्षिण चीन सागरमा आफ्नो सैन्य उपस्थितिदेखि लिएर भारत र भुटानसँगको सीमा विवादसम्म चीनको हालैको गतिविधीले क्षेत्रीय स्थायित्वलाई कमजोर बनाउने गरेको छ।
हाल, चीन आफ्ना १७ छिमेकी देशहरूसँग विवादमा संलग्न छ, जसमध्ये कम्तिमा ७ विवादहरू भूमिसम्बन्धी छन्। यस विस्तृत सूचीले चीनले जानाजानी क्षेत्रीय लाभका लागि वार्ताको फाइदा उठाउन द्वन्द्व सिर्जना गरिरहेको देखाउँछ।
चीनको महत्वाकांक्षाले प्रायः लामो समयदेखि चलिरहेको द्वन्द्वलाई निम्त्याएको छ , यतिमात्र होइन्, पहिले नै तनावपूर्ण क्षेत्रमा अस्थिरता सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय मापदण्डहरूको उल्लङ्घन गरेर र आफ्नो क्षेत्रीय दाबी विस्तार गरेर, चीनले आफ्ना छिमेकीहरूलाई अलग पार्ने काम गरेको छ भने जापान, भारत, भियतनाम र फिलिपिन्स जस्ता देशहरूसँग द्धन्द्ध सिर्जना गरेको छ ।
साना देशले चिनियाँ दबाबको महसुस गरेका छन्। भुटानले चीनसँग चलिरहेको क्षेत्रीय विवादको सामना गरिरहेको छ, विशेष गरी यसको उत्तरी र पश्चिमी सिमानालाई असर गरिरहेको छ। ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध भए पनि नेपालले चिनियाँ अतिक्रमणप्रति चिन्ता व्यक्त गरेको छ । दशकौंदेखि चीनबाट प्रभावित मङ्गोलियाले आफ्नो सार्वभौमसत्ता र स्रोतसाधनको सन्दर्भमा दबाबको सामना गरिरहेको छ।