एसिया पावर इन्डेक्समा भारत जापान भन्दा अगाडि

नयाँ दिल्ली— एसिया पावर इन्डेक्समा भारतले जापानलाई पछि पार्र्द एसियाको तेस्रो शक्तिशाली देश बनेको छ।

यो उपलब्धि इन्डो—प्यासिफिक क्षेत्रमा भारतको बढ्दो आर्थिक विकास, गतिशील कूटनीति र रणनीतिक प्रभावको प्रतिबिम्ब हो।

एशिया पावर इन्डेक्स वार्षिक रुपमा मूल्याङ्कन गरिन्छ जसलाई जसलाई २०१८ देखि लोवी इन्स्टिच्युटद्वारा सुरु गरिएको थियो ।

यसले एशिया—प्रशान्त क्षेत्रमा शक्ति गतिशीलता नाप्ने मानकको रूपमा स्थापित गरेको छ। सूचकांकले आठ विषयगत क्षेत्रमा २७ राष्ट्रहरूको मूल्याङ्कन गर्दछ। यसले आर्थिक क्षमता, सैन्य क्षमता, आर्थिक सम्बन्ध, रक्षा सञ्जाल, कूटनीतिक प्रभाव, सांस्कृतिक प्रभाव जस्ता आठ विषयगत क्षेत्रको मूल्यांकन गर्दै राष्ट्रहरुको मापन गर्ने गरेको छ ।

बहुआयामिक दृष्टिकोणबाट देशहरूले कसरी आफ्ना स्रोतहरूलाई एशिया—प्रशान्त क्षेत्र भित्र प्रभावमा रूपान्तरण गर्छन् भन्ने कुराको सूक्ष्म अध्ययन गर्ने गरेको छ ।

एसिया पावर इन्डेक्समा भारतको तेस्रो स्थानमा उक्लनु आकस्मिक उन्नती नभई विभिन्न क्षेत्रमा भएको निरन्तर प्रगतिको परिणाम हो ।

एसिया पावर इन्डेक्समा भारतको उकालो आर्थिक वृद्धिलाई मुख्य रूपमा श्रेय दिइएको छ। विश्वको उच्च वृद्धिदर भएको मुख्य अर्थतन्त्र मध्येको एक भारतले एसियामा आफ्नो शक्ति बढाएको क्रय शक्ति समानता (पीपीपी) को आधारमा तेस्रो ठूलो अर्थतन्त्रको रूपमा आफ्नो स्थिति बलियो बनाएको छ।

बढ्दो पूर्वाधार, बढ्दो डिजिटल अर्थतन्त्र र बलियो घरेलु उपभोगको मद्दतले भारतले सन् २०२३ मा बेलायतलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको थियो ।

यो दिगो आर्थिक वृद्धिलाई सरकारले वस्तु तथा सेवा कर जस्ता सुधारहरूमा केन्द्रित गरेको र मेक इन इण्डिया र डिजिटल इन्डिया जस्ता पहलहरूले देशको लगानीको वातावरणलाई सुधार गरेको कारणले बढेको छ। भारतीय अर्थतन्त्र आगामी वर्षहरूमा विश्वव्यापी आर्थिक शक्ति बन्ने बाटोमा अगाडि बढेको छ।

प्रतिक्रिया दिनुहोस