डेरा मुराद जमाली—अज्ञात आक्रमणकारीले कच्छी जिल्लामा नेशनल पार्टीका नेताको गोली हानी हत्या गरेको अधिकारीहरूले बताएका छन्।
मोहम्मद अकबर बलोच आफ्नो कारमा यात्रा गरिरहेका बेला जलाल खान रोड खण्डमा उनीमाथि हमला भएको थियो। उनी आफ्नो गाउँ रेहानजाईबाट फर्कदै गरेका थिए ।
नेसनल पार्टीको स्थानीय शाखाका पूर्व महासचिव समेत रहेका उनलाई धेरै गोली लागेको र घटनास्थलमै उनको मृत्यु भएको लेवीका एक वरिष्ठ अधिकारीले बताए।
लेवी अधिकारीहरूले हत्याको कारण अहिलेसम्म पत्ता नलागेको र पुरानो शत्रुताको कारण हुन सक्ने बताए। हत्या गरिएका बलोच हालै शिक्षा विभागमा नियुक्ती भएका थिए र सहायक जिल्ला शिक्षा अधिकारीको रूपमा कार्यरत रहेका थिए।
नेशनल पार्टीका प्रदेश प्रवक्ताले आक्रमणको घोर निन्दा गर्दै आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
पार्टीले उनको हत्यालाई बलुचिस्तानभरका राजनीतिक कार्यकर्ताहरूको लागि ठूलो धक्काको रूपमा लिएको बताएको छ ।