भारत र अष्ट्रेलियाबीच नवीकरणीय ऊर्जामा साझेदारी

 

रियो दि जेनेरियो— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले दुई राष्ट्रबीचको लगानी बढाउने उद्देश्यले नवीकरणीय ऊर्जामा साझेदारीको शुभारम्भ गरेका छन्।

दुई देशका प्रधानमन्त्रीले आधिकारिक घोषणा ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनको क्रममा गरेका हुन् ।

नवीकरणीय ऊर्जा साझेदारीको लक्ष्य सौर्य पीवी, हरित हाइड्रोजन, र ऊर्जा भण्डारण जस्ता प्राथमिकताका क्षेत्रहरूमा व्यावहारिक सहयोगको लागि ढाँचा उपलब्ध गराउनु हो।

यस साझेदारीले भारत—अष्ट्रेलियाबीच सौर्य पीवी, हरित हाइड्रोजन, ऊर्जा भण्डारण, नवीकरणीय ऊर्जा परियोजनाहरूमा द्विपक्षीय लगानी र सम्बद्ध क्षेत्रहरू जस्ता प्राथमिकताका क्षेत्रहरूमा व्यावहारिक सहयोगको लागि रूपरेखा प्रदान गर्ने गर्दछ।

भारतीय प्रधानमन्त्री मोदीले यस साझेदारीदे भारत—अष्ट्रेलिया आर्थिक सहयोग र व्यापार सम्झौता अन्तर्गत सक्षम वस्तु र सेवाहरूको लागि बढ्दो द्वि—तर्फी व्यापार, व्यापार संलग्नता र बजार पहुँचलाई थप उचाईमा पु¥याएको बताए ।

यसैगरी, अष्टे«लियाका प्रधानमन्त्री अल्बानीजले सन् २०२५ हुने क्वाड नेताहरूको शिखर सम्मेलनमा भाग लिन भारतको निमन्त्रणा स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस