पाकिस्तानको बलुचिस्तानमा बढ्दो लागू औषधको कारोबार

 

बलुचिस्तान— पाकिस्तानको मानव अधिकार आन्दोलनको नेतृत्व गर्ने बलुच यकजिहती समिति (बीवाईसी) ले राज्यको निगरानीमा बलुचिस्तानभरि व्यापक रूपमा भइरहेको लागू औषधको कारोबार र दुव्र्यसनप्रति चिन्ता व्यक्त गरेको छ।

एक्समा गरिएको पोस्ट अनुसार, बीवाईसीले बलुच यकजिहती समिति मस्तुङ क्षेत्रले मस्तुङको सरावान प्रेस क्लबमा एक पत्रकार सम्मेलन आयोजना गरेको थियो। यसमा बीवाईसी केन्द्रीय समितिका सदस्य शाहजी सिबगतुल्लाह बलुच र साबिहा बलुचको उपस्थिति थियो। यो पत्रकार सम्मेलनको उद्देश्य राज्यको निगरानीमा बलुचिस्तानभरि व्यापक रूपमा भइरहेको लागू औषध कारोबार र दुव्र्यसनको समस्या उजागर गर्नु थियो।

बीवाईसीले बलुचिस्तानको मस्तुङ जिल्ला लागू औषधको केन्द्र बनाइएको छ, जहाँ सबै प्रकारका लागू औषधहरू सस्तोमा उपलब्ध छन्। यसले लागू औषधको पहुँचको क्षेत्र मस्तुङदेखि डारेनगढ र प्रिङ्गाबादसम्म फैलिएको उल्लेख गरेको छ, जसले लागू औषधको हबको रूपमा काम गरिरहेको छ।

बीवाईसीले लागू औषध माफिया सरकारी निकायहरूको निगरानीमा दण्डहीन रूपमा सञ्चालन भइरहेको जनाएको छ। बलुच यकजिहती समितिले बलुच राष्ट्रलाई सबै सामाजिक कुप्रथाहरूविरुद्ध एकजुट हुन आह्वान गर्दछ, जुन बलुच जाति संहारलाई निरन्तरता दिइरहेको छ। मानिसहरूले आफ्ना क्षेत्रमा रहेका लागू औषध विक्रेताहरूलाई पहिचान गरी जिम्मेवार नागरिकका रूपमा तुरुन्तै सम्बन्धित निकायहरूलाई जानकारी दिनुपर्छ।

बीवाईसीले आफ्नो पोस्टमा बलुच राष्ट्रले यस्ता सबै सामाजिक कुप्रथाहरूविरुद्ध जागरूकता बढाउन र कदम चाल्न एकजुट हुनुपर्छ, र हाम्रो नयाँ पुस्ताका लागि स्वस्थ वातावरणको सुनिश्चितता गर्नुपर्ने बताएको छ ।

संयुक्त राष्ट्र विकास कार्यक्रम अनुसार, बलुचिस्तानमा कमजोर संस्था, कमजोर शासन, र कमजोर कानूनी राज्य संयन्त्र रहेको छ। यो प्रान्त अस्थिर सुरक्षा स्थिति, कठिन भू—भाग र पहुँच, अस्थिर पानी आपूर्ति, र सीमित आजीविका अवसरहरूबाट पीडित छ। बहुआयामिक गरिबीको हिसाबले बलुचिस्तान ७१ दशमलव २ प्रतिशतको दरले सबै प्रान्तहरूमध्ये दोस्रो स्थानमा रहेको छ।

लागू औषध समस्याबाहेक, बलुचिस्तान अपहरण र हत्या जस्ता समस्याहरूबाट पनि ग्रस्त छ। यो समस्यामा कार्यकर्ता, राजनीतिज्ञ, पत्रकार, र सर्वसाधारण नागरिकहरू समेत सुरक्षा निकायहरूद्वारा बलपूर्वक गायब पारिने घटनाको शिकार भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस