अमेरिकी नवनिर्वाचित डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा भारतको प्रतिनिधित्व गर्दै विदेशमन्त्री जयशंकर जाँदै

 

नयाँ दिल्ली— ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा भारतीय विदेशमन्त्री एस जयशंकरले भारत सरकारको प्रतिनिधित्व गर्नेछन्।

ट्रम्प—भान्स उद्घाटन समितिको निमन्त्रणामा उनी शपथ ग्रहण समारोहमा भाग लिने तयारीमा रहेको विदेश मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ। भ्रमणको क्रममा जयशंकरले आगामी प्रशासनका प्रतिनिधिहरू, साथै केही अन्य प्रतिष्ठित व्यक्तिहरूसँग पनि भेटघाट गर्नेछन्।

ट्रम्पले जनवरी २० मा औपचारिक कार्यक्रममा शपथ ग्रहण गर्ने कार्यक्रम हुने तय भएको छ।

डोनाल्ड ट्रम्पले ३१२ इलेक्टोरल मतले जिते भने ह्यारिसले २२६ मत पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस