भारत—इन्डोनेसियाः मित्रताको इतिहास, सहकार्यको भविष्य

 

बाली— भारत र इन्डोनेसियाबीच सांस्कृतिक, ऐतिहासिक, र राजनीतिक सम्बन्धको लामो इतिहास छ। हिन्दू र बौद्ध धर्म पहिलो शताब्दीमै भारतबाट इन्डोनेसिया पुगेको थियो, जसले इन्डोनेसियाको संस्कृति र परम्परामा गहिरो प्रभाव पारेको छ। दुबै देशले उपनिवेशवादको विरुद्ध संघर्ष गरे र स्वतन्त्रतापछिका राजनीतिक प्राथमिकताहरू मिलाएर अगाडि बढे।

भारत र इन्डोनेसियाबीचको व्यापार २०२३—२४ मा २९ दशमलव ४ अर्ब अमेरिकी डलर पुगेको छ। भारतले ६ अर्ब अमेरिकी डलर बराबरका पेट्रोलियम उत्पादन, कृषि सामग्री, र स्टिल निर्यात गर्‍यो भने २३ दशमलव ४ अर्ब अमेरिकी डलर बराबरका कोइला, पाम तेल, खनिज पदार्थ, र हाइड्रोकार्बन आयात गरेको छ । ।

इन्डोनेसियामा भारतको कुल लगानी १ दशमलव २१९ अर्ब अमेरिकी डलर पुगेको छ, जसमध्ये २०२२ मा मात्र १२ दशमलव २५४ करोड अमेरिकी डलर १ हजार १६६ परियोजनामा लगानी भएको छ। टाटा, रिलायन्स, महिन्द्रा जस्ता ठूला भारतीय कम्पनीहरूले अटोमोबाइल, आईटी, पूर्वाधार, र निर्माणजस्ता क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।

भविष्यमा औषधि उद्योग, आईटी, इन्जिनियरिङ लगायतका उत्पादनहरूमा सहकार्यको ठुलो सम्भावना छ।

२०२३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्राबोवो सुबियान्तोले जी२० शिखर सम्मेलनमा भेटवार्ता गर्दै व्यापार, रक्षा, पर्यटन र कनेक्टिभिटीमा सहकार्यलाई थप प्रगाढ बनाउने प्रतिवद्धता जनाए। २०औँ आसियान—भारत सम्मेलन र १८औँ पूर्वी एसिया शिखर सम्मेलन मा भारतले हिन्द—प्रशान्त क्षेत्रमा शान्ति र सहकार्यको प्रतिवद्धता दोहोर्‍यायो।

यस्तैगरी, पर्यटनले भारत र इन्डोनेसियाको सम्बन्धलाई थप बलियो बनाएको छ। भारतीय पर्यटकहरू बालीमा जान मन पराउँछन् भने इन्डोनेसियाली पर्यटकहरूले गोवा र केरला भ्रमण गर्छन्। शैक्षिक र सांस्कृतिक आदान—प्रदानले स्थानीयस्तरको सम्बन्धलाई थप प्रगाढ बनाएको छ।

आर्थिक सहकार्य, लगानी, र सांस्कृतिक आदान—प्रदानका माध्यमबाट दुबै देशले हिन्द—प्रशान्त क्षेत्रको भविष्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्दैछन्।

प्रतिक्रिया दिनुहोस