दक्षिण अफ्रिकाद्वारा ताइवानलाई कूटनीतिक कार्यालय बन्द गर्न आग्रह, चीनले दबाब दिएको ताइवानको आरोप

ताइपेइ – दक्षिण अफ्रिकी सरकारले ताइवानको प्रतिनिधि कार्यालयलाई प्रिटोरिया छोड्न आग्रह गरेपछि ताइवानको परराष्ट्र मन्त्रालयले चीनले ताइवानमाथि दमनलाई अझ तीव्र बनाएको दाबी गरेको छ।

ताइवान मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी समानता र गरिमाका सिद्धान्तमा आधारित रही दक्षिण अफ्रिकी सरकारसँग निरन्तर संवाद गर्न प्रतिबद्ध छौं।’

ताइवानले एकतर्फी रूपमा ‘स्थिति यथावत’ू परिवर्तनलाई कहिल्यै स्वीकार नगर्ने आफ्नो अडान दोहोर्याउँदै, गत वर्षको अक्टोबरदेखि नै कूटनीतिक माध्यमबाट दक्षिण अफ्रिकी सरकारसँग भविष्यका द्विपक्षीय सम्बन्धबारे छलफल गरिरहेको बताएको छ।

गत महिनाको अन्त्यतिर, दक्षिण अफ्रिकी सरकारले ताइपेइ लायजन कार्यालयलाई पठाएको पत्रमा प्रतिनिधि कार्यालयलाई ‘व्यापार कार्यालय’ का रूपमा घटुवा गर्न खोजिएको र कार्यालयका कर्मचारीहरूलाई आगामी महिनाभित्र प्रिटोरिया छोड्न भनिएको उल्लेख छ।

त्यस्तै, हालै चिनियाँ सरकारले दक्षिण अफ्रिकाको दोस्रो ठूलो पार्टी डेमोक्रेटिक एलायन्सका नेता इभान मेयर लाई ताइवान भ्रमण गरेको कारण प्रतिबन्ध लगाएको छ।

ताइवानको परराष्ट्र मन्त्रालयका अनुसार, दक्षिण अफ्रिकी सरकारले वार्ताहरू जारी रहेको अवस्थामा पनि बारम्बार प्रतिनिधि कार्यालय हटाउन माग गर्नु चीनको दक्षिण अफ्रिकामा ताइवानविरोधी गतिविधि तीव्र भएको प्रमाण हो।

प्रतिक्रिया दिनुहोस