मनछुने भनाईहरु – तपाई हिजो जतिनै नराम्रो भएपनी आज फेरी नयाँ सुरुवात गर्न सकिन्छ

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. सके सम्म खराब संगत बाट टाढै बस्नुस किनकि संगतको असर तिमीलाई पर्छ तर बदनामी तिम्रो आमाबुवाको हुने गर्छ ।

२. प्रेमको सम्बन्ध हात र आखाको जस्तै हुनुपर्छ, जब हातलाई चोट लाग्छ तब आखाले आँशु झारी दिन्छ र जब आखाले आँशु झार्छ तब हातले पुसिदिन्छ ।

३. तिमीले दुख दुख दिए पनि जसले तिमी संग अलिकति पनि गुनासो गर्दैन, उसैले तिमीलाई सबैभन्दा बढी माया गरेको हुन्छ ।

४. छोराको परिक्षा बिवाह पछी हुन्छ, छोरीको परिक्षा जवानीमा हुन्छ, श्रीमानको परिक्षा श्रीमती बिरामी भएको अवस्थामा हुन्छ, श्रीमतीको परिक्षा श्रीमानको गरिबीमा हुन्छ, मित्रको परिक्षा समस्या आइपर्दा हुन्छ र दाजुभाईको परिक्षा लडाईको अवस्थामा हुन्छ ।

५. मान्छेहरु भन्ने गर्छन् जब कोहि आफ्नो मान्छे टाढा हुन्छ तब मन दुख्छ तर म भन्छु जब कोहि आफ्नो मान्छे नजिक भएर पनि टाढाको जस्तो ब्यबहार गर्छ तब मन दुख्छ ।

६. मृत्यु पछी तिम्रो श्रीमती तिम्रो घर सम्म, समाज मशानघाट सम्म र छोरा अग्निदान सम्म मात्र साथ् हुन्छ तर तिम्रो कर्म मात्र यस्तो चिज हो जुन इश्वरको अन्तिम निर्णय सम्म पनि तिम्रो साथ् हुन्छ ।

७. आफ्नो अभिमानलाई कहिल्यै पनि उठ्न नदेउ र आफ्नो स्वाभिमानलाई कहिल्यै पनि गिर्न नदेउ किनकि तिम्रो अभिमानले उठ्न दिदैन र तिम्रो स्वाभिमानले तिमीलाई गिर्न दिदैन ।

८. तपाई हिजो जतिनै नराम्रो भएपनी आज फेरी नयाँ सुरुवात गर्न सकिन्छ, जसरी हरेक रात पछी एउटा नयाँ बिहानीको सुरुवात हुन्छ ।

९. मान्छेको समाज पनि अचम्मको छ, आफुलाई जनावर संग तुलना गर्न मान्दैन तर कुकुर भन्दा मन दुखाउने र सिंह भन्दा खुशी हुने गर्छ ।

१०. यदि खेतमा बाली लगाइएन भने प्रकृतिले त्यसमा घाँस उब्जाईदिन्छ, ठिक त्यसैगरी यदि दिमागमा सकारात्मक सोच भएन भने नकारात्मक सोचले आफ्नो ठाउ बनाईदिन्छ ।

प्रतिक्रिया दिनुहोस