इस्लामाबादः पाकिस्तानमा १२ वर्षीया बालिकालाई उनका पिताले खैबर पख्तुनख्वाका ७२ वर्षीय पुरुषसँग विवाह गर्नुअघि अन्तिम क्षणमा उद्धार गरिएको थियो।
प्रहरीको समयमै उद्दार गरेका कारण उनी भाग्यमानी साबित भइन् ।
युनिसेफको तथ्यांकअनुसार पाकिस्तानमा झण्डै १९ लाख बालविवाह गरेका बालिकाहरू रहेका छन्।
पाकिस्तानमा ६ मध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको तथ्यांकले देखाएको छ ।
सिन्ध प्रान्तमा बाहेक पाकिस्तानमा बालिकाको विवाहको कानुनी उमेर १६ वर्ष रहेको छ । सिन्धमा चाँही केटा केटी कानुनी उमेर १८ वर्ष तोकिएको छ ।
पाकिस्तानमा विश्वमा बालविवाहको उच्च दर रहेको छ, जसमा अनुमानित ३० प्रतिशत केटीहरूको १८ वर्षअघि नै विवाह हुने गरेको छ ।
बलुचिस्तानको राजधानी क्वेटाका पूर्व सांसद यास्मिन लेहरीले प्रान्तको ग्रामीण र आदिवासी क्षेत्रका प्रायः सबै केटीहरूको १८ वर्षको उमेर नपुग्दै विवाह हुने गरेको बताइन् ।
यद्यपी, ‘शहरी क्षेत्रमा बढ्दो चेतनाका कारण १८ वर्ष वा सोभन्दा बढी उमेरमा केटीको विवाह हुने गरेको छ ।
उनले केटीहरूको जीवनको यस्तो दुखद अवस्था सामना गर्नुको मुख्य कारण गरिबी र आर्थिक कारकहरू रहेको बताइन् ।
गत वर्ष डन न्युजमा प्रकाशित एउटा सम्पादकीयले बाल्यकालमा विवाह गर्ने केटीहरूले ठूलो पीडा भोग्नु पर्ने बताएको थियो। ।