काठमाडौं । सौन्दर्यकर्मीलाई कपाल कटिङ, कलरिङ तथा प्रचलिन नवीन स्टाइलका बारेमा जानकारी दिने उद्देश्यले हेयर प्रडक्ट ब्राण्ड स्ट्रिक्स प्रोफेशनलले काठमाडौंमा अघिल्लो हप्ता मेघा शो आयोजना गर्यो ।
स्ट्रिक्सका अन्तरराष्ट्रिय व्यापार प्रमुख अभिषेक भट्टाचार्यले नेपालीहरूको लागि कम्पनीले कुनै भेदभाव नगरेको बताए । विदेशबाट नेपालमा विक्रीका लागि आउने धेरै सामानहरू “सेल फर नेपाल ओन्ली” लेखेर आइरहेका समयमा भट्टचार्यले भने “सेल फर नेपाल ओन्ली” भन्ने प्रडक्ट हाम्रोमा छैन । भारतमा विक्री हुने सामाग्रीहरूमा भारूमा मूल्य तोकिएको हुन्छ भने नेपालमा विक्री हुने सामानहरूमा नेपालीमा मूल्य हुन्छ । फरक त्यती मात्र हो ।”
नेपालमा सैलुन व्यवसायीको क्षमता विकासका लागि कम्पनीले सहयोग गरिरहेको उनको दाबी छ । हरेक वर्ष मेगा शो गर्दै आएको स्ट्रिक्सको यो पाँचौं संस्करणको कार्यक्रम हो ।
भारत भारतबाहेक अन्य एशियन राष्ट्रमा यसको बजार बढ्दो क्रममा रहेको कम्पनीले जनाएको छ । स्ट्रिक्स दुई प्रकारको छ एउटा प्रोफेशनल र अर्को नर्मल । प्रोफेशनल प्रडक्टहरू पार्लर तथा शैलुनहरूमा उपलव्ध हुन्छ । पार्लर तथा शैलुनमा त्यसको व्यापक प्रयोग भइरहेको छ । नर्मल स्ट्रिक्श नजिककै पसल, अनलाइन प्लाटफर्म तथा सामान्य व्युटी पार्लरहरूमा भेटिन्छ ।
पार्लर नजाने तथा घरमै कपाल रङ्गाउन चाहनेहरूलाई मध्यनजर गर्दै नर्मल स्ट्रिक्शको अवधारणा बनाइएको भट्टचार्यले बताए ।
हामीले विभिन्न परीक्षणहरू गरिरहेका छौं । भारत र नेपालको हावापानी एउटै हुने भएकाले यी दुई राष्ट्रको लागि एकै प्रकारको सामाग्री उत्पादन र विक्री वितरण गरिरहेका छौं ।
भारतका ६ स्थानमा प्रोडक्शन प्लान्ट रहेको उक्त कार्यक्रममा जानकारी दिइयो । नेपालमा स्ट्रिक्सको माग अत्याधिक भएकाले नयाँ नयाँ सामाग्रीहरू बनाएर विक्री वितरण गर्न आफूहरू उत्साहित भएको भट्टचार्यले बताए ।
मेघा शो मा कम्पनीले सैलुनिस्टहरूलाई हेयरकट्, रंग र नयाँ शैलीमा अन्तर्राष्ट्रिय फेसनको अभ्यास बारे प्रशिक्षण दिएको थियो । कार्यक्रममा स्ट्रिक्स प्रोफेशनलको स्पेक्ट्रम कलेक्शनबाट ६ वटा आकर्षक लुक्सको अनावरण र स्ट्रिक्स प्रोफेशनल अर्गन सीक्रेट्स हाई लिफ्ट शेड्स, ह्युम्याजिक नो अमोनिया हेयर कलर र फङ्गी कलर जस्ता नयाँ उत्पादनहरूको सार्वजनिक गरिएको थियो ।
यो शोले नेपाली सौन्दर्य उद्योगलाई नवीनतम प्रवृत्तिसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ ।