पाकिस्तानी पत्रकारद्वारा देशमा बढ्दो जबरजस्ती बेपत्ता हुने क्रमबढेपछि चिन्ता व्यक्त

 

इस्लामाबाद— पाकिस्तानी पत्रकार हामिद मीरले देशभर बढ्दै गइरहेका जबरजस्ती बेपत्ता पार्ने घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले ‘भ्वाइस अफ बलोच मिसिङ पर्सन्स’ नामक आधिकारिक खाताबाट आएको पोष्टमा प्रतिक्रिया दिँदै यो गम्भीर विषयमाथि मिडियाको मौनताको समेत आलोचना गरे।

पोष्ट अनुसार, ग्वादरको तहसिल पास्नीमा पाँच व्यक्तिलाई सुरक्षा बलले गिरफ्तार गरी अज्ञात स्थानमा लगेपछि उनीहरू सम्पर्कविहीन भएका छन्। उक्त व्यक्तिहरूमा चार जना दाजुभाइ— वाहिद माजिद, हफिज माजिद, वसीम माजिद, र नदीम माजिद— तथा एक युवक आसिम रहेका छन्। उनीहरूलाई बिना कुनै औपचारिक जानकारी बिना अज्ञात स्थानमा लगिएको भन्दै तिनको तत्काल रिहाइको माग गरेको छ।

हामिद मीरले ‘एक्स’ मा प्रतिक्रिया दिँदै लेखे, ‘गिरफ्तार गरिएका युवाहरूलाई कुनै अदालतमा प्रस्तुत गरिँदैन, र उनीहरूको बेपत्तापनबारे कुनै टिभी च्यानलले प्रश्न उठाउँदैन। किनभने हराएका व्यक्तिहरूको मुद्दाले टिभीलाई न त रेटिङ दिन्छ, न त च्यानल व्यवस्थापनबाट कुनै समर्थन पाउँछ। जब संविधान नै हराइरहेको छ, नागरिकलाई हराउनबाट कसले जोगाउने !’

पाकिस्तानमा बिना कुनै कानुनी प्रक्रिया वा जानकारी बिनम व्यक्तिहरूलाई बेपत्ता पार्ने समस्या बढ्दो क्रममा छ। विशेष गरी बलोचिस्तानमा मानव अधिकार उल्लङ्घनको रूपमा यस्ता घटनाहरू बारम्बार दोहोरिरहेका छन्। पत्रकार, राजनीतिक नेताहरू तथा सामाजिक अभियन्ताहरू राज्यसंस्थाहरूको निशानामा पर्ने गरेको आरोप छ।

प्राय व्यक्तिहरुलाई अक्सर गोप्य रूपमा गिरफ्तार गरिन्छ, यातना दिइन्छ। यस्ता व्यक्तिहरुमध्ये कतिपय मृत अवस्थामा फेला पर्छन् वा कहिल्यै उनीहरुको अवस्था थाहा हुँदैन् ।

प्रतिक्रिया दिनुहोस