प्रदेश १ सभा सांसद श्रेष्ठलाई कोरोना संक्रमण

विराटनगर, २८ साउन । प्रदेश १ सभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । इटहरी बस्दै आउनु भएको नेकपाका सांसद श्रेष्ठलाई वुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

सांसद श्रेष्ठलाई केही दिन अगाडि स्वास्थ्यमा समस्या र ज्वरो आएका कारण स्वाब टेष्ट गर्दा पोजेटिभ आएको हो । प्रदेशसभा सदस्यहरुमा संक्रमण भेटिएको श्रेष्ठ पहिलो सांसद हो ।

उहाँले आफ्नाे स्वाथ्य अवस्था राम्रो रहेको र स्वास्थ्यमा कुनै समस्या नआएको बताउनु भयो । उहाँले कोरोना सामान्य भएकाले यसमा आत्तिहाल्न नुहने बताउनु भएको छ र उहाँ अहिले इटहरी स्थित आप्mनै डेरामा आराम गरिरहनु भएको छ ।

उच्च ओदाका व्यक्तिहरुमा यस अघि प्रदेश १ का मुख्य व्यायधीवक्ता चुडामणी आचार्यसहित उहाको परिवारलाई कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस