सुनको मूल्य एकैपटक ६ हजारले घट्यो, हेर्नुहोस् तोलाको कति

काठमाडौं । लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारयता भने घटेको छ । आज बुधबार पनि सुनको मूल्य घटेको हो । नेपाली बजारमा सुनको भाउ भारी मात्रामा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६ हजार दुई सय रुपैयाँले घटेर ९५ हजार चार सय रुपैयाँ कायम भएको छ । रसियामा कोभिडको भ्याक्सिन तयार भएको समाचार प्रकाशित भएसँगै सुनको भाउ घटेको हुन सक्ने महासंघले जनाएको छ ।

मंगलबार एक लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय रुपैयाँ र चाँदी प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस