मोटो व्यक्तिमा कोरोनाविरुद्धको खोप कम प्रभावकारी हुन सक्छ : अनुसन्धान

एजेन्सी, ११ भदौ । एउटा अध्ययनका अनुसार मोटो व्यक्तिहरुलाई कोरोना संक्रमण भएमा उपचारका लागि अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आउने सम्भावना धेरै रहेको छ। उनीहरूमा यो जोखिम सामान्य मानिस भन्दा दुई गुणा बढी हुने जनाइएको छ।

नर्थ क्यारोलिना विश्वविद्यालयबाट आएको टोलीले विश्वव्यापी करिब ४ लाख मानिसहरूमा गरिएको ७५ वटा अनुसन्धानको तथ्यांकमाथि अध्ययन गरेको बीबीसीमा उल्लेख छ।

अमेरिकी अनुसन्धानकर्ताहरूले भनेका छन्, मोटोपनले मधुमेह र उच्च रक्तचापको जोखिमलाई बढाउँछ। त्यस्ता व्यत्तिमा कोरोना संक्रमण भए उनीहरुको अवस्था गम्भीर हुने जनाइएको छ ।

प्रतिरक्षा प्रणाली कमजोर भएमा संक्रमित व्यक्ति गम्भीर बिरामी हुन सक्छ। मोटा व्यक्तिहरुमा भ्याक्सिन पनि कम प्रभावकारी हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस