काठमाडौंकी श्रृजनाले जन्माइन् एकैपटक तिम्लिया सन्तान

काठमाडौंको एक नीजि अस्पाललमा एक महिलाले तीन सन्तानको जन्म दिएकी छिन् ।

काठमाडौंको कान्तिपथमा रहेको ग्रान्डी सिटी अस्पतालमा आज बिहान एक महिलाबाट तीन सन्तानको जन्म भएको हो ।

काठमाडौं सिफल बस्ने श्रीमान् सुवोध प्रसाद पौडेल र श्रीमती श्रृजना लम्सालले एकैपटकमा तीन सन्तानको जन्म भएकोमा खुशी व्यक्त गरे । २ दिनअगाडी अस्पताल भर्ना भएकी श्रृजनाले विहीबार बिहान ३ सन्तानको जन्म दिएको ग्रान्ड सिटी अस्पतालबाट शकांश श्रेष्ठले केटीएम दैनिकलाई बताए ।

जन्मिएका तीन सन्तानमध्ये २ छोरी र १ छोरा भएको अस्पतालले बताएको छ । अहिले उनीहरुलाई एनआइसीयूमा राखिएको छ ।

यसअगाडी नेपालमा तिम्लिया मात्र होइन एक महिलाले ४ सन्तानसमेत जन्माएका उदाहरणहरु छन् । गत बैशाख १० गते वीरगञ्जको एक अस्पतालमा २० वर्षिया युवतीले ४ सन्तानको जन्म दिएकी थिइन् ।पर्साको छिपहरमाइ गाउँपालिका- ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी थिइन् ।

त्यस्तै ८ असोज २०७६ मा काठमाडौं मेडिकल कलेजमा धनगढीका पदमबहादुर शाहीकी श्रीमती खगित्रा शाहीले एकैसाथ चार सन्तानको जन्म दिएकी थिइन् । एक छोरी र तीन छोरा पालैपालो शल्यक्रिया गरेर निकालिएको थियो

 

प्रतिक्रिया दिनुहोस