शुक्रवार नेपालमा ९ सय भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १० हजार २ सय २९ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ४ सय १५ सहित देशभर ९ सय २७ जनाको नतिजा पोजेटिभ पाइएको हो । आज भेटिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा संक्रमण भेटिएको हो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
गत २४ घन्टामा थप १२ जनाको निधन भएर ज्यान गुमाउनेको संख्या १ सय ९५ पुगेको छ । एकैदिनमा सर्वाधिक निधन हुने संख्या आज नै सर्वाधिक हो यसअगाडी भदौ ५ गते ८ सय ३८ जनामा कोरोना संक्रमण हुँदा ११ जनाको मृत्यु भएको थियो।
संक्रमितको संख्या झण्डै साढे ३६ हजार पुग्दा २० हजार २ सय ४२ जना कोरोनामुक्त भएका छन् ।
अहिलेस्मम ६ लाख ५८ हजार १ सय १० जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।