पोखरीमा डुबेको झण्डै ७ घण्टापछि जिवितै बाहिर आएपछि…!

न्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को सप्तरी जिल्लामा एक अनौठो घटना भएको भनेर स्थानीयहरुले विहानैदेखि भीड गरेको छ ।

सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका वडा नं. ६ रौतहट स्थित रहेको बडकी पोखरीमा एक बालिका डुबेको झण्डै ७ घण्टापछि जिवितै बाहिर आएपछि हेर्नेको भीड लागेको छ ।

विहिबार (भदौ, ११ गते) साँझ करिब ५ बजेको समयमा पोखरी डिलमा घाँस काट्न गएकी स्थानीय राजकुमार दासकी अन्दाजी १४ बर्षिय छोरी मुन्चुन दास डुबेको ७ घण्टापछि जिवितै बाहिर आएकी स्थानीयहरुले बताएका छन् ।

विहिबार साँझ सहेलीहरुसँगै घाँस काट्न गएकी मुन्चुनले पोखरीमा भएको कमलको फूल टिपेर ल्याउन सक्छस भनेर बाजी (शर्त) लगाएकी मुन्चुन कलमको फूल टिप्न जाँदा डुबेकी थिइन् ।

स्थानीयहरुका अनुसार, मुन्चुन पानीमा डुबे लगत्तै उनका साथीहरुले तत्कालै मान्छेहरुलाई गुहार लगाएको थियो । केही क्षण नजिक भएका स्थानीयहरु उनलाई खोज्न पोखरीमा हाम्फाले र रातीसम्म खोजेको थियो । झण्डै ४ घण्टासम्म खोजेपनि नभेटेपछि डुबेर मृत्यू भएको भन्दै परिवारजन सहित गाउँलेहरु पोखरीबाट फर्केको भनेर स्थानीयलाई उदृत गर्दै गाउँपालिका अध्यक्ष दयानन्द गोईतले बताए ।

गाउँलेहरु आस मारेर फर्केपछि गएराती करिब १२ बजेको समयमा पोखरीबाट निस्केर बालिका मुन्चुन घर आएपछि सबैजना चकित भएको बताइएको छ ।

यता, डुबेकी भनिएकी मुन्चुन भने आफू फूल टिप्न जाँदा पानी भित्र गएको बताउँदै भित्र एक कुटी रहेको त्यसमा बाबा रहेको पनि खुलाएकी छन् । बाबासँग केही बेर कुराकानी समेत गरेको बताउँदै केही बेर भित्रै घुमफिर समेत गरेको बताएकी छन् । त्यसपछि आफू अब जाने भनेपछि बाबाले गाली दिदैँ केही दिनपछि घर जान भनेको बताएकी छन् ।

बालिकाले आफू भित्र हुँदा मेरा बुवा रोएको, कराएको र अन्य जनाले बोलेको सबै आवाज सुनेको बताउँछिन् । आफू धेरै रोएपनि बाबाले यही बस्न र आफू नै सबै कुरा दिने भनेर बताएको बताउँछिन् ।

बालिकाले आफू अझै घुम्ने भनेपछि बाबाले अहिले नघुम्नु तथा पछि आएर घुम्ने भनेको बताएकी छन् । उनले पानीभित्र रहेको बाबासँग अब आफू घर जाने जिद्द गरेपछि बाबाले जाने अनुमति दिएको र त्यसपछि आफू सहजै पोखरीबाट बाहिर आएपछि आफैँ अच्चमित भएको बताउँछिन् ।

यो घटनापछि गाउँले मात्र होईनन्, बाहिरका गाउँका मान्छेहरु पनि हेर्न आउन थालेका छन् । उनीहरुले बालिका उपर पैसा पनि चढाउने गरेको देखिएको छ । गाउँपालिका अध्यक्ष गोईतले आफू पनि यस घटनाले अच्चमित भएको बताउँदै यसको खोजबिन आवश्यक रहेको बताए ।

प्रत्येक वर्ष नयाँ वर्षमा मेला लाग्दै आएको सो पोखरीमा यसअघि पनि ३ पटक यस्तो घटना भईसकेको स्थानीयहरु बताउँछन् । पोखरी देवगनाह (देवताको अझै बास रहेको) भन्दै स्थानीयहरु पहिलेदेखि भन्दै आएका छन् ।

हजारौंको सँख्यामा विभिन्न ठाउँबाट आउने गरेको भीडले बालिका मुन्चुन उपर हजारौ रुपैयाँ चढाउने गरेको भिडियो देखिएको छ । यो अनौठो घटना साँच्चिकै भएको वा नभएको भनेर कुनै अधिकारिक व्यक्तिले पुष्टि नगरेपनि गाउँपालिका अध्यक्ष र वडाध्यक्षले यस्तो भएको भनेर गाउँलेहरुलाई उदृत गर्दै जिकिर गरेका छन् ।

यस्तो घटनापछि विभिन्न ठाउँमा चर्चाको विषय बनेको छ । यद्यपी, बालिकाले झुठ बोलिरहेकी वा कहानी बनाएको भनेर यकिन गर्न सकिरहेको छैनन् । तर, डुब्ने बेलामा उनको सँगै रहेकी बालिकाहरुले पनि डुबेको पुष्टि गरेकी छन् भने गाउँलेहरु समेत उनलाई पोखरीमा निकै बेरसम्म खोजबिन गरेको बताउँछन् ।

SOURCE-http://enewsbureau.com/

प्रतिक्रिया दिनुहोस