यी कस्ता नरपिशाच बाबु जसले छोरीलाई माइत बोलाएर गरे बलात्कार पछि हत्या, अनि घटना लुकाउन छोरीको शवलाई घरमै जलाए

एजेन्सी । घरमा रमाएर बसेकी छोरीलाई एक पिताले माइत बोलाए । बुवाले बोलाए भनेर नावालक छोरा लिएर छोरी माइत आइन । तर ति नरपिशाच बाबुले आफ्नै छोरीको बलात्कार गरे । बलात्कार पछि छोरीको घाँटी थिचेर हत्या गरे । यो घटना भारतको झरखंड हरिहरगंजको घटना हो ।

बाबुले हत्या लुकाउन छोरीको शवलाई घरमै जलाए । लाश जलाउन राखेर आफु मजाले नुहाइरहेका थिए । छिमेकीले घरभित्रवाट आगोको मुस्लो निस्केको देखे । घरमा आगलागी भएको सम्झेर छिमेकी जव त्यो घरमा पुगे त्यहाँको दृष्य देखेर छक्क परे । युवतीको लाश जलिरहेको थियो भने उनको शरीरमा आधा कपडा थिएनन् । बाबु मजाले नुहाइरहेका थिए ।

छिमेकीले यो के भएको हो भनेर सोध्दा ती पिताले सही जवाफ दिएनन् । त्यसपछि छिमेकीले उनलाई रामधुलाइ कुटे र प्रहरीको जिम्मा लगाइदिए । घटना मंगलबारको हो । प्रहरीको अनुसन्धानपछि थाहा भयो ती पिताले पहिले आफ्नी छोरीलाई बलात्कार गरे त्यसपछि घाँटी थिचेर हत्या गरे । अनि, घरमै लाश जलाए ।

युवतीको आधा जलेको लाशलाई पोष्टमार्टमको लागि पठाइएको छ । घटनामा मृतक युवतीका एक वर्षका छोरा पनि आंशिक रुपमा जलेका छन् । अभियुक्त विनय चौधरी आफ्नो परिवारसँग मुम्बइमा बस्दै आएका थिए । उनी १० दिनअघि गाउँ आएका थिए । उनले छोरीलाई पनि २ दिनअघि घरबाट माइत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस