महिलाहरुमा ४० कटेपछि फेरि किन बैंस आउछ ? यस्तो छ कारण पूरा पढ्नु होस ।

भनिन्छ नि, ‘चालिसे लागेछ बैस जागेछ ।’ यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् । बुडापाकाका अनुसार जीवनमा पहिलो १६ वर्ष र दोस्रो ४० वर्षमा गरी २ पटक बैस जाग्छ रे ।

हाम्रो समाजमा कहिकतै महिलाहरु ४० वर्षपछि अर्को सम्बन्धमा रहेको घटनाहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । विवाह पश्चात मानिसहरु वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान–श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता समस्याले अन्ततः कतिपयको सम्बन्ध विच्छेद पनि भएको छ ।

विवाह पछि सम्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ । अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या बिवाह पछि पनि सम्बन्धमा रहन्छन् । एक अध्ययनले देखाए अनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका विविध कारणहरु छन् ।

विवाहपछि पुरुषले श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा श्रीमतीलाई वेवास्ता गर्न पुग्छन् । र जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ जसको कारण महिला दोस्रो पुरुषसँग आकर्षित हुन्छन् ।

सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता हुन्छ । जसका कारण उनीहरु जीवन अर्कै मोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव गर्छन् । जसको कारण उनीहरु विवाहेत्तर सम्बन्धतर्फ उद्धत हुन्छन् ।

महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आकर्षित हुने भएकाले दोस्रो पुरुषको सानो सानो कुरामै आकर्षित भइहाल्छन् ।

४० वर्षपछि महिलाहरुले आफ्ना पार्टनरबाट यौन सन्तुष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आकर्षित हुने अध्ययनमा उल्लेख छ ।

विवाहपछि आउने अनेक समस्या र परिवर्तनपछि महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आउनसक्छ । तर आफ्ना पतिप्रतिको विश्वास भने कम हुँदै जान्छ ।उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् जसका कारण बाहिर साथी बनाउन तिर लाग्छन् ।

घरमा श्रीमानसंग सधैँ झगडा, अशान्ती हुन्छ भने महिलाहरु धेरैजसो बाहिरी सम्बन्धको विकल्प रोज्छन् ।

प्रतिक्रिया दिनुहोस