प्रेमी भनेर आफ्नो मन शरीर सबै सुम्पे तर, त्यसपछि…

प्रेम भन्ने रोग कस्तो-कस्तो बुझ्नै नसकिने, मान्छेलाई लागेपछि सबै कुरा विर्सिन्छ ।
दुई मनको मिलनलाई हाम्रो समाजमा प्रेम भन्ने गरिन्छ । प्रेमको उत्कर्ष विन्दु भनेको शारीरिक सम्बन्ध हो । झन प्रेमको उत्कर्षमा पुगेकाले शारीरिक सम्बन्ध स्वभाविक प्रक्रिया हुन्छ । प्रेमी होस् वा प्रेमिका जो सुकैले पनि निर्वाध रुपमा शारीरिक सम्बन्ध राखेर प्रेम साटासाट गर्छन् ।
त्यो प्रेम रोग कञ्चनपुरकी एक युवती गीता (नाम परिवर्तन)लाई पनि लागेको थियो । प्रेमको उत्कर्षमा उनी आफ्नो प्रेमीसँग शारीरिक सम्पर्क राख्न पुगिन् । उनका प्रेमी भारतमा रोजगारी गर्थे । नजिकै गाउँका प्रेमीसँग स्कुल पढ्दा आँखा जुधेर माया बसेको थियो उनको । त्यो बेला त्यती गहिरो प्रेम थिएन् ।

जब रोजगारीका लागि प्रेमी भारत गए । तब माया झन गाढा भयो । भनिन्छ, आफ्नो जति टाढा हुन्छ माया त्यती नै गाढा हुन्छ । यो उखान उनको जीवनमा पनि लागू भयो । तर, रोजगारीमा गएका प्रेमी भारतका कोठीमा गएर परस्त्रीसँग सम्बन्ध राख्थे । त्यो कुरा गीतालाई पहिला थाहा थिएन् । जब उनी विरामी भईन् तब उनले प्रेमीबाटै थाहा पाइन् यो कुरा ।
उनले आफ्नो प्रेमी का लागि तन मन र आफ्नो जीवन नै सुम्पेकी थिईन् । तर प्रेमी भने परस्त्रीसँग भारतका कोठीमा रासलीलामा मस्त हुन्थे । त्यही धोकाका कारण उनी एचआईभी जस्तोभयानक रोगको सिकार बनिन् । माया गाढा भइरहेको बेला भारतले उनको खुसी र जवानी लुट्यो ।

कोठीमा गएका प्रेमी एचआईभीको सिकार भएर घर फर्किए । घर फर्किदा गीता निकै खुसी थिईन् तर, जब एचआईभी लागेको थाहा पाईन् तब छाँगाबाट खसेजस्तै भईन् । प्रेमीले आफूलाई एचआईभी लागेको कुरा बताएनन् । गीतालाई थाहा थिएनन् ।
आफ्नो खुसी र दुख यसरी सुनाईन् ः सुरुका दिनमा उत्कर्षको प्रेम साटासाट गर्न शारीरिक सम्पर्क राखे, तर पछि उ अलि सिरियस हुन थालेको थियो, मैले सोध्दा जवाफ दिँदैनथ्यो, पछि मलाई त्यस्तो लक्षण देखिन थाल्यो, स्वास्थ्य अवस्था चेकजाँच गराउन मेडिकल गए, जहाँ डाक्टरले रगत परीक्षण गर्नुपर्छ भने, मैले हुन्छ भने । जब एक घण्टापछि रगत चेकजाँचको रिपोर्ट आयो ।
त्यसमा लेखिएको थियो एचआईभी पोजेटिभ । अर्थात एचआईभीले मेरो शरीरमा डेरा जमायो । त्यो पल मेरो संसारकै अति अप्ठेरो क्षण भयो । डाक्टरले समेत एचआईभी लागेको छ भन्न सकेनन् । मात्र रिपोर्ट मेरो हातमा थमाए ।

त्यसपछि घर आएर प्रेमीलाई भेटेर सोध्दा सबै कुरा थाहा पाए जुन किनै ढिला भइसकेको थियो । मैले आफ्नो प्रेमी भनेर विश्वास गरि उसलाई तन मन धन सबै सुम्पिएकी थिए । तर उसले मलाई मात्र धोका दियो । सुरुका केही दिन मलाई समाजमा बाँच्न निकै ग्राहो भयो । सबैले अपमान गर्न थाले । मलाई एचआईभी लागेको मेडिकलबाट गाउँभरी फैलिसकेको थियो । त्यसपछि म गाउँ छाड्न बाध्य भए । मलाई धोका दिने प्रेमी अहिले पनि भारतमै छ । म ठेला व्यवसाय गरी टाढाको सहरमा आफ्नो बाँचेको जीवन चलाउँदै छु ।
खै अब कति बाँचिन्छ थाहा छैन् तर बाँचुञ्जेल संघर्ष गर्छु । मैले त यसरी विश्वास गरेको आफ्नै प्रेमीबाट धोका पाए । म पछिका पुस्ताले पनि यस्तो समस्या भोग्न सक्छन् । तसर्थ म सबे युवा युवतीलाई यौन सम्बन्ध राख्दा एकदमै सजक रहनु भन्न चाहन्छु ।
(कञ्चनपुरको वादी समुदायकी एक युवतीसँग गरिएको कुराकानी)

प्रतिक्रिया दिनुहोस