सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि उनलाई पिएसएलले प्लाटिनम श्रेणीमा राखेको हो ।

मंगलबार पिएसएलले लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । यस श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (रु एक करोड ७२ लाख० देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर ९रु दुई करोड ५५ लाख) तोकिएको छ ।

प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी परेका छन् ।

पिएसएलका लागि खेलाडी छनोट यही पुस २६ गते गरिनेछ । ड्राफ्टमार्फत प्रतियोगितामा सहभागिता जनाउने छ टोलीले खेलाडीको चयन गर्नेछन् । यस वर्षको पिएसएल आगामी मार्चमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस