जब नेहाले रोहनप्रितलाई पूर्व प्रेमिकासंग सम्बन्ध तोड भनिन्, भयो यस्तो हंगामा

एजेन्सी । रोहनप्रीत सिंह र नेहा कक्करको जोडी फ्यानको मनपर्ने मध्य एक हो । यी दुईको प्रेम कहानी धेरै राम्रो छ र विवाह पछि, ती दुबैको चर्चा बढी भएको छ । बे नेहा कक्कड़लाई रोहनप्रीतले न शा को तालमा विवाहको प्रस्ताव राखेका थिए । , हास्य अभिनेता कपिल शर्माको कार्यक्रममा नेहा कक्कड़ आफैले यो कुराको खुलासा गरेकी छन् ।

नेहाले बताइन् कि उनले रोहनप्रीतलाई नेहू दा व्याह गीतमा भेटेका थिए। गीतको काम पछि रोहनप्रीतले नेहालाई उनको स्नैपचट आईडी मागेका थिए । त्यस पछि दुबैको कुराकानी सुरु भयो।

नेहाका अनुसार उनले शुरुमा नै विवाह गर्न चाहेको कुरा स्पष्ट पारिदिएकी थिइन, किनभने उनलाई लाग्यो कि उनी अब विवाह गरेर सेटल हुन चाहन्थिन् । तर रोहनले उनलाई भनेका थिए उनी जम्मा २५ वर्षका मात्र छन् त्यसैले विवाहको लागि तयार छैन।

रोहनप्रीतले यस्तो भनेपछि नेहाले उहाँसँग कुरा गर्न छोडिदिइन् । तर एक दिन रोहनप्रीतले उनलाई सन्देश पठाए कि नेहू, म तिमी बिना बाँच्न सक्दिन। विवाह गरौं। नेहाका अनुसार उनी यस कुरामा विश्वास गरिनन् । किनकी उनले बि यर खाएका थिए ।

भोलिपल्ट नेहा कक्कड़ एक गीतको कामका लागि चंडीगढ़ गइन् र रोहनप्रीत उनको होटलमा आए । उनलाई होटलमै भेटे । त्यसपछि रोहनप्रीतले उनलाई सोधे हिँजो मैले भनेको कुरा तिमीलाई याद छ रु नेहा छक्क परिन् । उनले अनि नेहाले आमासंग रोहनको भेट गराइदिइन् ।

नेहाले अर्को कुराको पनि खुलासा गरेकी छन् । नेहाले रोहनप्रीतलाई उनको पूर्व प्रेमिकालाई सोशल मिडियामा अनफलो गर्न भनिन्, त्यसपछि रोहनले त्यो पी डा भुल्न गीत बनाए। नेहाले भनिन, मैले उनलाई पूर्व प्रेमिकासंग अनफलो गर भनेँ उनले गीत बनाए ।

प्रतिक्रिया दिनुहोस