हार्दिक बधाई : मधेसी महिला बाट पहिलाे पटक इन्सपेक्टरमा नाम निकाल्न सफल प्रतिभा लाई !

गोर्खाली खबर

सशस्त्र प्रहरीको इन्सपेक्टर प्रहरी निरीक्षक पदमा एक मधेसी महिलाले नाम निकाल्न सफल भएकी छिन् । इन्सपेक्टरमा नाम निकाल्न सफल विजयनगर गाउँपालिका ७, कपिलवस्तुकी प्रतिभा पाल एकाएक चर्चामा आएकी हुन् ।सशस्त्र प्रहरी बल प्रधान कार्यालयले प्रकाशित गरेको नतिजामा महिलारखुल्ला समूहतर्फ प्रतिभा पाल दोस्रो नम्बरमा नाम निकालेको देखिन्छ ।

विभिन्न निकायमा मधेसीमाथि भइरहेको विभेदका बाबजुद उनी इन्सपेक्टर पदमा नाम निकालेकी हुन् ।उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनलाई बधाई तथा सफल कार्यकालको शुभकामनाले फेसबुकको वाल रंगिएको छ यतिबेला बेला

यो पनिपढ़नु होस। :अमेरिकामा एक महिलाको शव अजिङ्गरमा लटपटिएको अवस्थामा फेला परेको छ। उक्त अजिङ्गर ८ फिट लामो थियो। सबैभन्दा अचम्म लाग्ने कुरा त यो छ की, मृत फेला परेकी महिलाले आफ्नै घरमा करिब १४० वटा सर्प पालेर राखेकी थिइन्।

घटना अमेरिकाको इंडियाना स्टेटको हो। त्यहाँकी ३६ वर्षीय लोरा हस्र्ट नामकी महिलालाई सर्प पाल्ने निकै शोख थियो। तर अचानक महिलाका छिमेकीले बुधबार लोराको शव देखे। त्यसपछि उनीहरुले तत्काल प्रहरीलाई खबर गरे।

द गार्जियलको एक रिर्पोट अनुसार महिलाका छिमेकी शरिफ मुनसनसँग कयौँ प्रजातिका सर्प छन्। लोराले पनि आफ्ना घरमा त्यसरीनै सर्प पालेकी थिइन्।

लोराको शरीरमा लटपटिएको सर्प छिमेकी शेरिफको होे। जुन महिलाको घरमा पसेको थियो।

प्रहरी घटनास्थलमा पुग्दा लोराको शब जमिनमा थियो भने उनको घाँटीमा ८ फिटको अजिङ्गर बेरीएको थियो। सम्बन्धित अधिकारीले अजिङ्गरलाई लोराको घाँटीबाट निकालेर शवलाई पोस्मार्टमका लागि पठाएका छन्। उनको मृत्यु कसरी भयो भन्ने बारे भने अझै पत्ता लागेको छैन्।

प्रतिक्रिया दिनुहोस