‘ लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठ् बस गरेर ह्वाँ.. ह्वाँ .. रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो’

काठमाडौ । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले संक्रमण मुक्त भएका छन् । सुरुमा अस्पताल भर्ना भएर डिस्चार्ज भएको भोलीपल्ट फेरी स्वास्थ्यमा समस्या आएपछि उनी दोस्रो पटक अस्पताल पुगेका थिए । सुरुमा ८ दिन अस्पताल बसेका उनी दोस्रो पटक भने लामो समय अस्पताल बसे । वैशाख ६ गते मदनकृष्णसहित उनको परिवार सबै जनालाई भाइरसको पुष्टि भएको थियो। उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

म पहिलो पटक ८ दिन, फेरि दोस्रोपल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो, उनले आफ्नो फेसबुकमा लेखेका छन्।उनले आफुले महामारीमा भोगेको अनुभव निकै रोचक ढंगले ब्यक्त गरेका छन् । उनले लेखेका छन्, मलाई माया, शुभेक्षा र आशिर्वाद वर्षाउँदै,मेरो स्वास्थ्य प्रति चिन्ता व्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता, नर्श, डक्टर अनि पृथ्वी भरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा, मेरो हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु।

यहाँहरुको आशिर्वाद लाग्यो मलाई। यहाँहरुबाट प्राप्त अमृतमय मायाको बलले को रोनारुपी वि ष लाई मज्जाले पचाईयो।को रोनाले मलाई पछार्न त नराम्रै सँगै पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि।बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया ।।।।तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्वादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन।पछि को रोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठ् बस गरेरह्वाँ।।। ह्वाँ ।।। रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो।।।। अब शरिरमा अलि अलि शिथिलता बाँकी छ। त्यो पनि अलि अलि गर्दै कमकम हुँदैछ।

म पहिलो पटक ८ दिन, फेरि दोश्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो।डाक्टरहरुले मलाई तपाईको शरिर अब एन्टिबडी बनीसकेको छ। अब तपाईको शरिरमा अरु कसैबाट पनि को रोना भाईरस सर्दैन र तपाईँबाट पनि अरुलाई सर्दैन।एक प्रकारले भ्याक्सिन लिईसकेको सरह नै भैसकेको छ भनेका छन्। तर म मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो ।।। भनेर सबैलाई सुनाउने ईच्छाले केहि नलेखी चुपचाप कुरीरहेको थिएँ।तर हिजो फेरि पिसिआर टेष्ट गराउँदा रिपोर्टले घरमा सबैको नेगेटिभ देखियो। मेरोमा अझै अलि पोजेटिभ बाँकी रहेको देखाएको छ। डाक्टरहरुको भनाई अनुसार मेरो शरिरमा भएका को रोनाको भाईरसहरु सबै म रि सकेका छन्।

अब खाली ती म रेका भाइरसका ला श हरु मात्र बाँकी छन्। त्यो बाँकी हुञ्जेल पनि मेशिनले पोजेटिभ नै देखाउँछ। त्यस्ले केहि फरक पर्दैन, केहि दिन पछि त्यो पनि आफैँ जान्छ भनेका छन्। जे होस बाँचियो बा ।।।१को रोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यस्लाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झ म्टि न आएको होला सायद्यहाँहरु जस्तो मलाई औधि माया गर्नु हुने लाखौँ लाख शुभेक्षकहरुपनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा को रोनालाई के थाहा।यो कुरा मैले हजुरहरुलाई जानकारी दिनका लागि मात्र लेखेको हुँ। मनमा अझै पनि पूरा खुशी लागेको भने छैन। देशमा अझै पनि को रोना पिडीतहरु धेरै बाकी नै छन् कतिपय अझ थपिँदै पनि छन्।

यस अवस्थामा देशको सबैभन्दा ठूलो समस्या भन्नु यहि कुलंगार को रोना नै हुन्। सरकारले पनि यसलाई नै पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न सम्झाउन चाहन्छु।जनता नै भएन भने कस्लाई शासन गर्नेरु हैन त रु सबैको जय होस्। सबैको कल्याण होस्। को रोनाबाट संसार चाँडै मुक्त होस्। धन्यवाद

प्रतिक्रिया दिनुहोस