यिनै हुन् प्रहरीलाई झुक्याउन र ३ अर्ब ठगेको छल्न आफ्नै खुट्टा का टे र फ्याँकेर म रि सकेको नाटक गर्ने महिला

आफ्ना ग्राहकको अरबौं रुपैयाँ ठगेर भागेकी एक महिलाले प्रहरीलाई आफू मरिसकेको भन्ने भ्रममा पारेर झुक्याउन आफ्नो खुट्टा आफैंले का टे र समुद्र किनारमा फ्याँ केको हुन सक्ने आ शंका गरिएको छ ।

अस्ट्रेलियाकी मेलिसा क्याडिक नामकी यी महिला केही महिनादेखि रहस्यमय तरिकाले बेपत्ता छिन् र यस विषयमा अनुसन्धान भइरहेको छ । खोजीको क्रममा उनको एउटा खुट्टा स डे को अवस्थामा अस्ट्रेलियाको एक समुद्र किनारमा फेला परेपछि पुलिसले उनको बाँकी शरीर खोजिरहेको छ ।

न्यू साउथ वेल्सका कमिश्नर माइक फुलरका अनुसार उनलाई ती ठग महिला मरिसकेको जस्तो पनि लागेको छ तर केस बन्द भइसकेको छैन र उनले पुलिसलाई झुक्याएर भाग्नको लागि आफ्नो खुट्टा आफैंले काटेर फ्याँकेको हुन सक्ने सम्भावना पनि छ । क्याडिकको सडिरहेको खुट्टासहितको जुत्ता न्यू साउथ वेल्सको दक्षिणी किनारामा उनी बेपत्ता भएको तीन महिनापछि फेला परेको थियो ।

द सनका अनुसार गत हप्ता सार्वजनिक भएको एक रिपोर्टमा उनले २५ मिलियन डलर ९ झण्डै ३ अर्ब रुपैयाँ० ठ गी गरेको देखिएको छ । रिपोर्टका अनुसार क्याडिकले ठ गी गरेको यो पैसा विदेशमा विदा मनाउन, महंगा कपडा र गहना किन्न प्रयोग गरेकी थिइन् । ४९ वर्षकी यी महिला नोभेम्बर १२ मा आफ्नो सिड्नीको घरबाट हराएकी थिइन् । यसको एक दिनअघि पुलिसले उनको डोभर हाइट्समा रहेको घरमा छापा मा रेका थिए ।

यो पनि, पर्वतीय पथप्रदर्शकलाई लाइसेन्स खुला

काठमाडौँ । पर्वतारोहणमा महत्त्वपूर्ण भूमिका रहने पथप्रदर्शकको आधिकारिकताका लागि सरकारले लाइसेन्स खुला गरेको छ । पर्यटन विभागले आगामी चैत १ देखि आवेदन दिनसक्ने गरी लाइसेन्स खुला गरेको जनाएको होध्र विभागका अनुसार इच्छुक पथप्रदर्शकले आधिकारिक वेबसाइट टुरिजमडिपार्टमेन्ट डट जीओभी डट एनपीमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि इच्छुक पथप्रदर्शकले नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट आकारको दुईवटा फोटो, नेपाल पर्वतारोहण सङ्घबाट प्राप्त गरेको रातो किताबको प्रतिलिपि र लाइसेन्स दस्तुरबापत दुई हजार एक सय रुपियाँ बुझाएको भौचरसहित अनलाइन पेस गर्नु पर्नेछ ।

विदेशी मुलुकबाट जारी गरिएको पर्वतीय पथप्रदर्शकको प्रमाणपत्रको हकमा नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट समकक्षताको प्रमाणपत्र लिई सोको प्रतिलिपि पनि बुझाउनु पर्नेछध्र अनलाइन आवेदनको तरिका विभागले आफ्नो वेबसाइटमा समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस