कसरी बिग्रन्छ मिर्गौला, के छ बच्ने उपाय ? डा रक्षा गौतमले दिइन् यस्ता सुझावहरु

काठमाडौं । कसरी बिग्रन्छ मिर्गौला ? डाक्टर रक्षा गौतमले पछिल्ला दिनमा मृगौला बिग्रने मानिसहरुको संख्या बढ्दै गउको उल्लेख गरेकी छिन् । डा गौतमका अनुसार मुटु, कलेजो बिग्रियो, फोक्सोमा निमोनियाँ भयो भने त्यसको असर मिर्गौलामा पनि देखिन्छ।

बाथरोग, सुगर, उच्च रक्तचाप जस्ता कुराले पनि मिर्गौलामा असर गर्छ। पत्थरी, पाठेघरको क्यान्सर, ओभरीको क्यान्सर, पिसाब थैलीको क्यान्सर, प्रोस्टेटले पनि मिर्गौला बिग्रन्छ। सबैभन्दा धेरै मिर्गौला बिगार्ने भनेको चाहीँ मधुमेहले हो। शरीरका पाँचवटा प्रमुख अंग कलेजो, फोक्सो, मुटु, दिमाग र मिर्गौला हुन्।

यी सबै अंगले आपसमा मिलेर काम गर्छन्। मिर्गौलाले शरीरको आन्तरिक वातावरण ‘इन्टरनल होमियोस्टेसिस’ व्यालेन्समा राख्ने गर्छ। ताकि सही रुपमा मुटु, कलेजो, दिमाग जस्ता अंगले काम गरुन्।

सबै परिस्थितिमा जीवन चलिराख्न, शरीरलाई आवश्यक चिज लिन र नचाहिने चिज फाल्न वा शरीरको आन्तरिक व्यवस्था सुमधुर रुपमा चलाउने काम मिर्गौलाले गर्छ। मिर्गौलाको डरलाग्दो पाटो सुरुमा यसका लक्षणहरु देखिँदैनन्। परीक्षण नगरीकन थाहा हुँदैन।

लक्षण नै देखिँदा ज्यान सुन्निने, गोडा सुन्निने, पेटमा पानी भरिने, छात्तीसम्म पानी जाने, बिहान उठ्दाखेरी अनुहार सुन्निने, पिसाबमा फिँज जाने जस्ता लक्षण देखिन्छन्। मिर्गौला फेल भयो भने खाना नरुच्ने, थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, रक्तचाप नियन्त्रण नहुने, पिसाब कम हुने, छाला चिलाउने, बेहोस हुने, छात्ती दुख्नेजस्ता समस्या देखिने डा गौतम बताउँछिन् । थप जानकारी हेर्नुहोस् भिडियोमा

प्रतिक्रिया दिनुहोस