बँदेलको पेटमा भेटियो यो वस्तु, करोडपति भए भेट्ने मानिस

काठमाडौं । चीनको जु काउन्टीमा एक गाउँले रातारात करोडपति भएका छन्। यी व्यक्तिले बँदेलको मासु खानका लागि काट्दा बँदेलको आन्द्रामा पत्थर जस्तो कुरा भेटे।यो अचम्मलाग्दो कुरालाई उनले सम्हालेर राखे । पछि त्यसलाई लिएर उनी शांघाई पुग्दा यो त संसारको बहुमूल्य कुरामध्ये एक रहेको थाहा पाए।

ती व्यक्तिको नाम बो चुन्लोऊ हो। शांघाईमा एक विज्ञले चार इन्चको यो पदार्थको मूल्य साढे ६ करोड रुपैयाँ भएको बताए। चुन्लोऊले अब यो वस्तुको लीलाम बिक्री गर्ने भएका छन्।

त्यो वस्तुको नाम बेजोआर हो। यो बँदेल र अन्य जनावरको पेटमा बन्छ। यसबाट अनेक किसिमका औषधि र विषबाट बच्ने इन्जेक्सनहरू तयार पार्न सकिन्छ। संसारमा यो वस्तु दुर्लभ भएकाले यसको मूल्य चर्को छ।विज्ञहरूका अनुसार, बेजोआर जनावरको आन्द्रामा भेटियो भने मात्र काम लाग्ने हुन्छ। पेटमा भेटियो भने यसको मूल्य चर्को हुँदैन। एजेन्सी

प्रतिक्रिया दिनुहोस