आफ्नो पेटको बच्चालाई अभिनेत्री प्रीयंका कार्कीले यसरी खुवाईन् जुस

नेपालमा सिने क्षेत्रका अभिनेत्रीहरु विविध कारणले चर्चामा आईरहन्छन् । कोहि नराम्रा काम वा आलोचना हुने विवादिन कार्य गरेर भने कोहि राम्रा कामले चर्चामा आउने गर्छन् । यस्तै सदाबहार चर्चामा रहिरहने नायिका हुन प्रीयंका कार्की । कहिले उनी प्रेमका कारण त कहिले अन्तरबार्ता र तस्बिरका कारण पनि चर्चामा आईरहन्छिन् ।

यस्तैमा उनी पछिल्लो समय आमा बन्ने भएका कारणले पनि चर्चामा छन् । आमा बन्न तम्तयार बनेको तस्विर सामाजिक संजालमा सार्बजनिक गरेपछी उनी चर्चामा मात्र रहिनन आलोचना र ट्रोलको सिकार समेत बन्न पुगिन् । यतिबेला उनले फेरि अर्को २ तस्वीरलाई समाजिक संजालमा सार्बजनिक गरेकि छन् ।

सार्बजनिक २ तस्विरमा अन्य गर्भवती आमा भन्दा उनी अलि भिन्न अवतारमा देखिएकी छन् । यो अवतार पक्कै पनि कोरोनाले थलिएको आफ्नो करियरमा चर्चाको राहत मिल्न पुगोस भन्नको लागि पनि गरिएको हो कि भन्न सकिन्छ । सार्बजनिक तस्विरमा उनले पेटमा रहेको आफ्नो सन्तानलाई जुस खुवाउदै गरेको देखिन्छ । एक अर्थमा कोरोना उनको लागि फापेको पनि भन्न सकिन्छ ।

आँखा झिम्क्याएको ईमोजी पेटमा बनाएर उनले आगन्तुक सन्तानलाई जुस खुवाउदै छिन् । तस्विरमा उनी आफू पनि खुशी देखिएकी छन् । सन्तान आगमन हुँदै गर्दा एउटा आमा खुशी हुनु त नौलो कुरा भएन । तर, उनले आगन्तुक सन्तानलाई देखाएको यो माया भने पक्कै पनि तारिफयोग्य छ । बाकी चर्चा गर्ने कुरा तपाईं दर्शक तथा सुभचिन्तकको हातमा छ । जे होस, फेरि पनि अभिनेत्री प्रीयंका कार्की र आयुष्मान देशराज जोशीलाई बधाई तथा सुभकामना ।

प्रतिक्रिया दिनुहोस