बेलायतमा भेटियो अर्को नयाँ भाइरस, के हो मन्कीपक्स ? यो कति खतरनाक छ ?

काठमाडौं । विश्व महामारी भाइरसले आक्रान्त छ । महामारी चलेको २ वर्ष बित्न लाग्यो यसको औषधि अझै पत्ता लागेको छैन । खोपबाट सिकिस्त र मृत्यु हुनबाट जागाउने तथ्य अनुसार अहिले संसार कोरोना विरुद्धको खोपमा केन्द्रित छ ।

कोरोनाबारे अध्ययन अनुसन्धान भइरहेको छ । यद्यपी यसबीचमा हन्टा भाइरस, बर्डफ्लुको दुर्लभ प्रजातिबाट मानिस संक्रमित भएको समाचारहरु पनि आए । अब अर्काे भाइरसले पनि मानिसलाई बिरामी बनाएको छ । त्यो हो मंकीपक्स ।

बेलायतमा २ जनालाई मंकीपक्सको संक्रमण भएको पुष्टि भएको छ । उत्तरी वालेसमा २ जनालाई यसको संक्रमण भएको हो । दुवैजना अस्पताल भर्ना भएका छन् । संक्रमण पुष्टि भएकामध्ये एक जना बिरामी मे २८ मा नाइजेरियाको डेल्टाबाट बेलायत पुगेका थिए । नाइजेरियाबाट आएलगत्तै ती बिरामी परिवारकासाथ क्वारेन्टिनमा रहेका थिए । मे १० अनुहारमा डाबरजस्तो लक्षण देखिन सुरु भएको थियो । त्यसपछि छालाको नमुना लिई परीक्षणका लागि इङल्याण्डको प्याथोजिन ल्याबमा मे २४ मा पठाइएको थियो ।

यस्तै, अर्का बिरामी पनि मे २९ देखि क्वारेन्टिनमै रहेका थिए । उनलाई मे ३१ म मंकीपक्स संक्रमण पुष्टि भएको थियो । दुवै बिरामीको अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाइएको छ ।

मंकीपक्स स्मलपक्सको भाइरसकै समूह हो । मंकीपक्सको संक्रमणदर निकै कम हुने जनाइएको छ । खासगरि यो भाइरस अफ्रिकी मुलुकमा पाइन्छ र यी २ प्रकारका हुन्छन् । पश्चिमी अफ्रिकी र मध्य अफ्रिकी । विश्व स्वास्थ्य संगठनका अनुसार यो पनि जुनोटिक डिजिज हो । यो जनावरबाट मानिसमा सर्छ तर मानिसबाट मानिसमा निकै कम मात्रै सरेको पाइएको छ ।

मंकीपक्स घातक नहुने पनि विज्ञहरुले बताएका छन् । ज्वरो आउनु, टाउको दुख्नु, शरीर सुन्निनु, ब्याक पेन हुनु, मांशपेशीहरु दुख्नु यसको लक्षणहरु हुन् । सामान्य लक्षण देखिएको २ देखि ४ हप्तासम्म आफैं निको भएर जान्छ र मंकीपक्स सुरुमा सन् १९७० मा कंगोमा ९ वर्षका बालकलाई देखिएको थियो जबकी त्यहाँ १९६८ मानै स्मलपक्सको निवारण भएको घोषणा गरिएको थियो । कंगोमा देखिएपछि पछिका वर्षहरुमा ११ वटा अफ्रिकी मुलुकमा मंकीपक्सको केसहरु देखिन थाले ।

प्रतिक्रिया दिनुहोस