देउवाले बोलाए मन्त्रीपरिषद् बैठक महत्वपूर्ण निर्णय हुनसक्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । नवनियुक्त प्रधानमन्त्री देउवाले आज दिँउसो १ बजेका लागि बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए । आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने बताईएको छ ।

यो पनि पढ्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरु साथमै रहेकाले जनतालाई आशा जगाउने काम जारी राख्न सुझाव दिएका छन। नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपाल निवास कोटेश्वर पुगेका थिए । “पहिलो निर्णय सही छ । जनता निराश छन्,आशा जगाउने हो । चिन्ताले नछोड्नुस्,” नेपालको भनाइ उद्धृत गर्दै कांग्रेस नेता पूर्णबहादुर खड्काले भने ।
नेकपा एमालेका सांसद विरोध खतिवडाले भने दुई नेताबीच राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए। उनले आफूहरुले रिटमा नै पूर्ण संसदका लागि माग गरेको भन्दै विश्वासको मत दिने कि नदिने भन्ने त्यसमै उल्लेख गरिएको बताए। उनले आफूहरुले देउवालाई विश्वासको मत दिन तयार रहेको संकेत पनि गरे ।
“रिटमा जे माग गरेका छौँ त्यो पूरा भएको छैन । यो संसदलाई पूरा कार्यकाल चल्न दिन वैकल्पिक सरकार खोजेको हो,” उनले भने, “त्यसका लागि गठबन्धन जन्मिएको हो। गठबन्धनले संसद्को पूर्ण आयुका लागि काम गर्नेछ।” देउवा एमाले नेता नेपाल पक्ष, माओवादी केन्द्र र जसपा (यादव-भट्टराई) पक्षको समर्थनमा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस