बन्न सक्छ ओलीलाई एमाले अध्यक्षबाट हटाउने रणनीति

काठमाडौं । नेकपा एमालेको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने सम्मको रणनीति बुनिएको छ । उनलाई केन्द्रीय कमिटीमा अल्पमतमा पारेर हटाउने सम्मको रणनीति बुनिएको हो । आज बसेको केन्द्रिय कमिटीको बैठक पछि एक नेताले केन्द्रिय कमिटीमा १०२ जना पुर्याएर ओलीलाई हटाउन गृहकार्य सुरु गरेको जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपा एमालेको नवौं महाधिवेशनको कमिटीलाई मान्यता दिने गरी गरेको फैसलाको आधार मानेर उक्त संख्या पुर्याएर ओलीलाई हटाउने रणनीति उनीविरोधी समूहले गृहकार्य बढाएको हो । अहिले माधव नेपाल पक्षमा ८८ जना केन्द्रिय कमिटी सदस्य रहेका छन् । बामदेव सँग १० देखि १२ जनासम्म सांसद् रहेको बताईएको छ । अब ओली पक्षबाट केहि सदस्य लिन सकेको खण्डमा भने ओलीलाई बर्खास्त गर्न सम्भव हुने देखिन्छ ।

पछिल्लो समय ओली पक्षकै केही नेताहरु असन्तुष्ट बनेका छन् । उनीहरु नेकपा एकताका लागि ओलीको विकल्पमा जानुपर्ने सम्मको तयारीमा पुगेको बुझिएको छ । उनिहरुलाई माधव प्यानलमा तान्न सकेको खण्डमा एमाले केन्द्रिय कमिटीमा माधव पक्षको बहुमत पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस