बलिउडका यी ३ टिभी स्टार जसले फिल्म स्टारभन्दा बढी कमाउछन् पैसा

काठमाडौं, बलिउडको फिल्म इन्डस्ट्रीका बाबजुत टेलिभिजन स्टारहरु पनि धेरै चर्चामा रहने गरेका छन् । उनीहरुले दर्शकलाई विभिन्न तरिकाले मनोरन्जन गर्ने गर्दछन् ।टिभीस्टारहरुले कुनै शोको माध्यमबाट १२-१३ घण्टा काम गरेर दर्शकहरुलाई हँसाउछन। कोही स्टारहरु केही विज्ञापनमा काम गरेरमात्रै स्टार हुने गरेका पनि छन् ।तर अधिकशं स्टारहरु आफ्नो मिहेनेतले आफ्नो फरक पहिचान बनाउन सफल भएका छन् । उनीहरुले फिल्म मात्रै होइन टेलिभिजन नै काम गर्नेहरुका लागि निकै राम्रो प्ल्याटफम रहेको साबित गरेका छन् ।

आम्दानीको हिसाबले अगाडि :
यद्यपि टिभी स्टारहरु सानो पर्दामा अभिनय गर्नेको रुपमा सूचीकृत गरिन्छ । तर जब सबै भन्दा धेरैकमाउने को नाम आउँछ बलिउडमा टिभी स्टारहरुहरुकै नाम पहिले आँउछ । बलिउडका टिभी स्टार कपिल शर्मा देखि दिव्यांका त्रिपाठी जस्तै धेरै स्टारहरु छन् जो एक दिनको कमाई लाखभन्दा बढी लिन्छन् । आज हामी धेरै कमाइ गर्ने बलिउडका टिभी स्टारहरुको चर्चा गर्दै छौं ।

कपिल शर्मा :
भारतीय कमेडी किङको उपनाम पाएका कपिल शर्मा भारतको टिभी स्टारहरुमध्ये सबै भन्दा धेरै पारिषमीक लिने स्टार हुन् । तर उनको प्रारम्भिक यात्रा संघर्षले भरिएको थियो। तर आज उनी भारतका कुनै सुपरस्टार भन्दा कम चर्चित छैनन् ।

कपिल शर्माले आफ्नो कमेडीले जनतालाई हसाएनन् मात्र सबैको मन पनि जितेका छन्। कपिल शर्माले आफ्नै ‘द कपिल शर्मा शो’ होस्ट गर्छन्। उनको शोमा बलिउड स्टारहरु आफ्नो फिल्मको प्रमोशनका लागि आउने गरेका छन् । कपिल प्रत्येक एपिसोडको ५० लाख देखि ६० लाख रुपैयाँ लिने गरेका छन् ।

सुनिल ग्रोवर
सुनिल ग्रोवर यस्ता कलाकार हुन् जसको अनुहार देख्दा मात्रै दर्शकहरुको मुहारमा मुस्कान आउँछ। गुलाटी बन्दा होस् वा गुट्ठी बन्दा दर्शकहरुले उनलाई निकै मन पराउने गरेका छन् ।

सुनिल ग्रोवर त्यस्ता कलाकार हुन् जसले आफूलाई हरेक रंगमा राम्रोसँग ढाल्न सक्छन् । सुनिल टेलिभिजनमा मात्र नभई फिल्महरुमा पनि सक्रिय छन्। सबैलाई हँसाउने सुनिल ग्रोवर एक एपिसोड शूट गर्न १० देखि १२ लाख रुपैयाँ लिन्छन्।

दिव्यांका त्रिपाठी
बन्हु मे तेरी दुलहनबाट धेरै फ्यानहरुको मनमा बस्न सफल अभिनेत्री दिव्यांका त्रिपाठीको निकै चर्चा चल्ने गरेको छ । ये है मोहब्बतेंमा उनले निभाएको भूमिका तारिफ योग्य छ ।

आजभोली दिव्यांका खतरों के खिलाडी मा स्प्लस बनाइरहेकी छिन्। दिव्यंकाले कुनै पनि शोको एक एपिसोडको लागी १ लाख देखि १।२५ लाख भारतीय रुपैयाँ लिने गरेकी छिन्

प्रतिक्रिया दिनुहोस