काठमाडौंको दक्षिणकालीमा टिपरभित्रै…..

काठमाडौं, १४ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दक्षिणकाली नगरपालिका–६ बस्ने धनुषा गणेशमानचारनाथ नगरपालिका–१ घर भएका २२ वर्षीय जित बहादुर बुढाथोकी लगायत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दक्षिणकाली नगरपालिका–६ स्थित पार्किङ गरी राखेको टिपरमा किशोरीलाई उनीहरुले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यस्तै, पर्सामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका-७ रामटोल बस्ने २१ वर्षीय बाबु भन्ने बिक्रम पटेल कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई सोही महानगरपालिका-२४ टोलस्थित सिर्सिया खोलाको किनारको रहरबारीमा लगी कुर्मीले शुक्रबार साँझ जबरजस्ती करणी गरेको सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई उनकै घरठेगानाबाट पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यसैगरी १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा जीराभवानी गाउँपालिका-२ बस्ने २० वर्षीय प्रभु साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीका अभिभावक उपचारको क्रममा वीरगंज गएको अवस्थामा र स-साना भाइबहिनीहरू मात्र भएको मौका छोपी कानुले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस