भक्तपुरमा मोटरसाइकल दुर्घ’टना हुँदा एक जनाको मृ’त्यु, १ घा’इतेको कास्तो छ अबस्था ?

भक्तपुरमा मोटरसाइकल दु’र्घटना हुँदा एक जनाको मृ’त्यु, १ घा’इतेको कास्तो छ अबस्था ?मोटरसाइकल दु’र्घटना आज भक्तपुरमा एक जनाको मृ’त्यु भएको छ भने एक ग’भ्भीर घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटी नजिक सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०३३ प ७१७३ नं को मोटरसाइकल आज आफैँ अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठो’क्किँ’दा मोटरसाइकलमा सवार स्थानीयवासी ३२ वर्षीय रवीन्द्र थापाको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा पठाइएको छ । दु’र्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक गुण्डुकै ३७ वर्षीय सुरेन्द्र बस्नेतको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रवार चएकाे दुर्घटनामा गम्भीर घाइते बस्नेत र थापालाई उपचारका लागि मध्यपुर अस्पताल थिमिमा पठाएको र उपचारकै क्रममा राति ९ बजेर २० मिनेटमा थापाको मृत्यु भएको जनाइएकाे छ । चालक बस्नेतको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।(फाइल तस्बिर )

प्रतिक्रिया दिनुहोस